|

प्रेम प्रस्ताव अस्वीकार गरेपछि सामूहिक बलात्कार गरी हत्या

बुटवल, असार २६ - एक महिनाअघि नवलपरासीको बर्दघाटमा हत्या गरिएकी किशोरी शुभेच्छा चापागाईंको हत्या बलात्कारपछि भएको पत्ता लागेको छ। हत्यामा संलग्न अभियुक्तसँगको बयानका क्रममा हत्या सामूहिक बलात्कारपछि भएको खुलेको हो।

प्रहरीले हत्याका मुख्य नाइके स्थानीय आइटम भनिने अशोक गुरुङसहित ग्रेड भनिने राजु बिक, उनका भाइ देशी भनिने अर्मन सुनार, गोरे भनिने राजकुमार मगर, भान्जे भनिने सुभाष दर्जी र विष्णु सुनारलाई पक्राउ गरेको छ।

नवलपरासी माकर- ४ की १७ वर्षीया चापागाईंको जेठ ३१ गते राति घरको छतमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

प्रहरीका अनुसार राति एक बजे झ्यालको भेन्टिलेसन फोरेर अशोक र राजु शुभेच्छाको कोठाभित्र प्रवेश गरेका थिए। कोठामा प्रवेश गरेका अशोकले प्रेम प्रस्ताव राखे।

शुभेच्छाले प्रेम प्रस्ताव अस्वीकार गरेपछि समातेर उनीहरूले घरको छतमा लगेका थिए। छतमा सामूहिक बलात्कारपछि बेहोस भएकी उनलाई छुरी प्रहार गरी हत्या गरेको अभियुक्तहरूले प्रहरीलाई बयान दिएका छन्।

प्रहरीले रगतले लत्पतिएका अभियुक्तको कपडा, छुरी र लुटिएको शुभेच्छाको मोबाइल बरामद गरेको छ।

Source:nagariknews

Posted by Butwalonline on 8:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "प्रेम प्रस्ताव अस्वीकार गरेपछि सामूहिक बलात्कार गरी हत्या"

  1. धन्यवाद बुटवल ऑनलाइन लाइ हजूर ले पर्कासित गर्नु भएको समाचार सारै नै निंदनीय छ एस्मा दोसी हरु माथि कठिन भन्दा कठिन कारवाही गर्नु पर्छ / त्यों विचारी माथि भएको अन्नाएको बिरुद्द न्याय दिलाउनु हमिहरुको कर्तब्य हो एस्मा आवाज उठाउनु पर्छ

  2. तुलसीराम जी हजुरको विचार एकदम राम्रो हो ,अन्नाएको बिरुद्द न्याय दिलाउनु हमिहरुको कर्तब्य हो एस्मा आवाज उठाउनु पर्छ ,हाम्रो समाज मा दिन प्रतिदिन यस्ता दुखद घटना हरु घटी राखेका छन् ,तर सरकार अनि प्रहरी प्रशासन मुक दर्सक बनेको छ आपरधिहरु खुले आम हिडीरहेछन ,कथम कदाचित पक्राउ गरिहाले पनि कुनै न कुनै राजनीतिक दलको छाता ओढायर अपराधलाई ओझ्याल परिन्छं ,यसले गर्दा अपराधी लाई झन् थप हौसला मिलिरहेछ अरु अपराधिक क्रियाकलाप गर्न को लागि ,शुभेच्छाजस्ता हजारौं हाम्रा छोरि बहिनीहरुले अकाल मा ज्यान गुमाई रहनेछन जब सम्म सरकार ले अपराधीहरुलाई कडा भन्दा कडा सजायको भागी बनाउदैंन ,के यस्तै हो नेपाली जनताले चाहेको नया नेपाल को सुरक्ष्या व्यवस्था,आफ्नै घरमा समेत सुरक्षित छैनन् नेपाली जनता,सर्बसधर्ण ले बाच्न पौने अधिकार हनन हुनु भएन सरकारले यस बिसयमा गम्भीर भएर सोच्ने कहिले ????

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु