|

७३ वर्षीय बृद्धको बिभत्स हत्या


इनरुवा (सुनसरी), अषाढ २५ - सुनसरीको प्रकाशपुर गाविस ७ गडेरी टोलका ७३ वर्षीय बृहस्पति पाललाई अज्ञात समूहले हत्या गरेको छ । प्रहरीका अनुसार शुक्रवार बेलुकी धारिलो हतियार प्रहार गरि बृद्ध पालको हत्या गरिएको हो । घरमा एक्लै बस्दै आएका उनको हत्याबारे स्थानीय र प्रहरीले शनिवार अबेर मात्र थाहा पाएका हुन् ।
उनको घाँटी, छाती, कन्चट र पेटमा चोट देखिएको छ भने कानसमेत काटिएको प्रहरीले जनाएको छ ।  पालका दुई छोरामध्ये एकजना रोजगारीमा साउदी अरबमा छन् भने अर्का छोरा १५ दिनअघि मात्र कमाउनका लागि भारतको दिल्ली गएका थिए ।
सामान्य आर्थिक अवस्थाका बृद्ध पाल भेडा चराउने काम गर्दै आएका थिए । विपन्न परिवारका बृद्धको हत्याको अनुसन्धान थालिएको जनाए पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।
Source:kantipurnews

Posted by Butwalonline on 6:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "७३ वर्षीय बृद्धको बिभत्स हत्या"

Leave a reply