|

'संविधान नबने भदौ १४ पछिको दुर्घटना कसैले रोक्न सक्दैन'


गोरखा, अषाढ २५ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले डेढ महिनाभित्र शान्ति प्रक्रियाका लागि तीन राजनीतिक दल संवेदनशील नभए भदौ १४ पछि मुलुकमा ठूलो दुर्घटनामा फस्ने बताएका छन् ।
पाँच बुँदे सहमति गरेको डेढ महिना त्यतिकै बितेकोमा चिन्ता ब्यत्त गर्दै भट्टराईले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन जिम्मेवार हुनुपर्ने बताए ।
पत्रकार महासंघ गोरखा शाखाले शनिबार गोरखा सदरमुकाममा 'समृद्ध गोरखाका लागि आर्थिक सामाजिक रुपान्तरण' बिषयक अन्तरक्रियामा भट्टराईले भने, 'डेढ महिनाभित्र शान्ति, संविधान र राष्ट्रिय सरकारको बिषयमा प्याकेजमा सहमति खोज्न नसके भदौ १४ पछि मुलुक ठूलो दुर्घटनामा फस्ने छ ।' उक्त दुर्घटना कसैको पनि हितमा नभएको उनको दाबी थियो ।
भट्टराईले तीन दलले जिम्मेवार भई अबको डेढ महिना शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागि पर्नुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्रीका लागि पार्टीले तपाईंलाई अघि सार्ने भएको छ रे नि भन्ने जिज्ञासामा उनले भने, 'नानी जन्मनुभन्दा अगाडि भोटो सिलाउनु ठीक हुन्न ।'
प्रधानमन्त्री प्रस्तावको बिषयमा स्वीकार्न नचाहेका उनले कान्तिपुरसँग भने, 'पार्टीभित्रको जिम्मेवारी आबश्यकता र साथीहरुको क्षमता अनुसार बाँडफाँट गर्दा जे पनि हुन सक्छ । अहिले छलफलमै छ टंुगो लागिसकेको छैन् ।'
प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा सरकारको राजीनामा आएपछि मात्र छलफल हुने भट्टराईले बताए । 'त्यसका लागि तीन दलबीच सेना समायोजन र शान्ति प्रक्रियाका बिषयमा प्याकेजमा सहमति हुनुपर्छ' भट्टराईले कार्यक्रमपछि सञ्चारकर्मीसँग भने, 'पार्टीबीचमा सहमति भएपछि यो सरकारले तत्कालै राजीनमा दिन्छ ।' 
Source:kantipurnews

Posted by Butwalonline on 5:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "'संविधान नबने भदौ १४ पछिको दुर्घटना कसैले रोक्न सक्दैन'"

Leave a reply