बिकल्प प्रस्तुत हुन साथ राजिनामाः प्रधानमन्त्री खनाल
काठमाडौ, जेष्ठ २२ - प्रधानमन्त्री झलनाथ खनालले सहमति निर्माण भएर बिकल्प प्रस्तुत हुनासाथ राजिनामा दिने बताएका छन् । राजधानीमा आइतवार आयोजित एक कार्यक्रममा उनले आफु राजीनामा दिएर मार्गप्रशस्त गर्न तयार रहेको बताएका हुन् ।
‘जेठ १४ को पाँचबुँदे सहमति मुलुकलाई शान्ति, संविधान र राष्ट्रिय सहमति प्रदान गर्ने आधार हो । त्यसको कार्यान्वयनका निम्ति म दृढ प्रतिज्ञ रहेको कुरा यहाँहरुबीच स्पष्ट पार्न चाहन्छु’ उनले भने, ‘सहमति निर्माणको आधार तयार भई विकल्पसमेत प्रस्तुत हुनासाथ म सहमति अनुरुप राजीनामा गरेर मार्गप्रशस्त गर्न तयारै छु ।’
उनले मुलुकले शान्ति र संविधान प्राप्त गर्नै पनि बताए । राष्ट्रिय सहमति बेगर शान्ति र संविधान प्राप्त गर्न नसकिने उल्लेख गर्दैसबै जिम्मेवार राजनीतिक दलहरु र सिंगो मुलुकले एकताबद्ध भई यो विषय आत्मसात गर्नुर्ने उनको भनाइ थियो ।
Source:KantipurNews