अपाङ्गलाइ अभिमुखीकरण तालिम
स्याङजाको तुलसीभन्ज्याङ गाविसको आर्थिक सहयोग र तुलसी भन्ज्याङ अपाङ्ग संजालको आयोजना तथा समुदायमा आधारित पुनःस्थापना सेवा केन्द्र गल्याङको प्राबिधिक सहयोगमा दुर्इ दिने अपाङ्ग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी तुलसीभन्ज्याङ अपाङ्ग संजालका अध्यक्ष माहादेब स्वमैले तालिमको समापन गरे । समाजन कार्यक्रममा बोल्दै अध्यक्ष स्वमैले सहभागीहरुले सिकेको ज्ञान सिपलाई व्यवहारमा प्रयोग गरि जीवन उपयोगी बन्न आग्रह गदै अब बन्ने नयाँ सविधानमा अपाङ्गहरुका हक हितका विषयमा छुट्टै निती बनाउन आवश्यक भएको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा समुदायमा आधारित पुनः स्थापना सेवा केन्द्र पोखराका समाबेसी प्रबन्धक विदुर कोईराला , पुनःस्थापना व्यवस्थापक रुद्र सन्देश मगर , फिल्ड कोअडिनेटर हुम बहादुर रानाभाट,विष्णु कुमारी वस्नेत,सहभागि सरिता अर्याल लगाएतले अपाङ्ग अवसरको खोजीमा रहेको र कतिपय अभिभावकले बोझको रुपमा लिएकोले कसैले पर्ुव जन्मको पाप हो भन्ने गरेको गुनासो गरेका थिए । कार्यक्रममा तुलसी भन्ज्याङ गा.वि.स.का २५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षण विदुर कोईराला,रुद्र सन्देस मगर ,हुम बहादुर रानाभाट,विष्णु वस्नेत र गा.वि.स.सचिव ढाल बहादुर के शी लगाएतले गरेका थिए ।
अपाड्ढता समन्वय समिति माहादेव स्वमैको अध्यक्षतामा ९ सदस्य गाँउ समन्वय समिति गठन गरेको छ । जस्को उपाध्यक्षामा खेमनाथ भण्डारी,सचिव सरिता अर्याल,कोषाध्यक्ष सावीत्री स्वमै,सदस्य जुद्धविर सुनार,सुनिता अधिकारी,हिमादेवि सिंजाली लिल बहादुर थापा डिल्लीराम भट्टर्राई रहको कार्यक्रममा गा.विस.सचिव ढाल बहादुर के शीको संयोजकत्वमा ७ सदस्य सल्लाकार समिति समेत गठन गरेको भने सरिता अर्यालको अध्यक्षतामा तिन सदस्य अनुगमन समिति गठन गरेको छ ।
कार्यक्रमको अध्यक्षता गा.वि.स. सचिव ढाल बहादुर के.सीले गरेको कार्यक्रमको सञ्चालन विष्णु वस्नेतले गरेकी थिइन् ।
(दैनिकी)