अब नेपाल बैंकबाट टेलिफोन महसुल तिर्न सकिने
२४ जेठ, काठमाडौं । नेपाल टेलिकमको (पिएसटिएन) टेलिफोन प्रयोगकर्ताले अब नेपाल बैंक लिमिटेडका शाखामार्फत आˆनो टेलिफोनको महसुल तिर्न सक्नेछन् ।
नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच हालै सम्पन्न सम्झौताअनुसार नेपाल टेलिकमका ग्राहकले नेपाल बैंकका सहरीक्षेत्रमा रहेका ४४ वटा शाखामार्फत बिल भुक्तानी गर्न सक्नेछन् । लिमिटेडका जनसम्पर्क अधिकृत अश्विन पुडासैनीले दिनुभएको जानकारीअनुसार ग्राहकको सुविधाका लागि बैंकले आˆना शाखाहरू मार्फत नेपाल टेलिकमको खाता नं. २-११-००७४०८० समेत पि्रन्ट भएको भौचर छपाइगरी यो सुविधा उपलब्ध गराइरहेको छ । यस सुविधामार्फत ग्राहकले टेलिफोनको बिल बमोजिमको रकम वा बिलभन्दा बढी वा घटी रकम पनि जम्मा गर्नसक्ने छन् ।
बीलभन्दा बढी रकम जम्मा गरेमा ग्राहकको अर्को महिनाको बिलमा समायोजन हुनेछ भने बिलभन्दा कम रकम जम्मा गरेमा नपुग रकम गत महिनाको तिर्न बाँकी हिसाबमा रहनेछ । ग्राहकले आˆनो टेलिफोनको बिल तिर्नुपूर्व जम्मा तिर्न बाँकी रकम र बैंकमार्फत बिल भुक्तानी गरिसकेपछि आˆनो टेलिफोन महसुल हिसाबको जानकारी आˆनो टेलिफोन सेटबाट १६०६ अङ्क डायल गरी प्राप्त गर्न सक्नेछन् ।
Source:onlinekhabar
त्यसैगरी टेलिफोन नं.४२१७४२५ र आˆनो मोबाइलमा एसएमएस मार्फतसमेत महसुल भुक्तानीको जानकारी प्राप्त गर्न सक्नेछन् ।पहिलो चरणमा बैंकका ४४ वटा शाखामार्फत उपलब्ध यो सेवा आगामी केही समयभित्रै बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध गराइने छ । आˆना सेवाग्राहीलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै जाने नीतिअनुरुप बैंकले अन्यसेवा प्रदायकसँग छलफल गरी अन्य बिल भुक्तानीका सेवा उपलब्ध गराउँदै जाने योजना रहेको बैंकले जनाएको छ । रासस