कारवाही माग गर्दै सञ्चारकर्मी
पत्रकारलाई सांघातिक आक्रमण गर्नेलाई कारवाही माग गर्दै मंगलवार विराटनगरमा जुलुस निकाल्दै सञ्चारकर्मी । जुलुस मोरङको जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर आधा घण्टे धर्नामा परिणत भएको थियो । आइतवार बेलुकी एमालेका युवा संगठनसम्बद्ध समूहले पत्रकार खिलानाथ ढकालमाथि सांघातिक आक्रमण गरेका थिए ।
फोटो: भीम घिमिरे/ईकान्तिपुर

