|

कुरा मिलेपछि माओवादी बैठकको बाटो खुल्यो

१५ असार, काठमाडौँ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईबीच कुरा नमिलेपछि अनिश्चित बनेको माओवादी केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ ।

अध्यक्ष प्रचण्डले दुवै उपाध्यक्षलाई सहमतिमा ल्याउने प्रयासस्वरुप गरेको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि अवरुद्ध बैठक बस्ने भएको हो । यसअघि गत शुक्रबार बसेको केन्द्रीय समिति बैठक नमिलेका विषयमा पहिला सहमति गरी पुनः बस्ने भन्दै तीन दिनका लागि स्थगन गरिएको थियो । सचिव पोष्टबहादुर वोगटीका अनुसार केन्द्रीय समिति भन्दा पहिला एजेण्डा तय गर्न आज स्थायी समिति बैठक बस्ने छ ।

माओवादीमा सेना समायोजनको मोडालिटीबारे विषेश समितिमा अडान नछोड्ने र सरकारलाई समावेशी बनाउने तथा संविधान सभा निर्वाचनका हारेकालाई फिर्ता बोलाउनु पर्ने उपाध्यक्षद्वयको अडानमा अध्यक्ष प्रचण्डले सहमति जनाएपछि अनौपचारिक सहमति पछि अबरुद्ध बैठक बस्ने वातावरण बनेको हो ।

प्रचण्डले केही दिनयता वैद्य र भट्टराई पक्षधर नेताहरुबीच विभिन्न चरणमा गरेको परामर्शका क्रममा फरक विचारलाई फोरम बनाएर छलफल गर्दै जाने र महाधिवेशनमा गएर टुङ्गोमा पु¥याउने सहमति पनि भएको हो ।

माओवादीमा शान्ति र संधिवानलाई जोड दिएर जाने विषयमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराई जनिक छन् भने राष्ट्रिय स्वाधीनताका लागि भारतसँग प्रधान अन्तर्विरोध रहेको विषयमा प्रचण्ड र वैद्य तथा कार्यविभाजन, कार्यशैली र फरकमतलाई व्यवस्थित गर्नुपर्ने विषयमा वैद्य र भट्टराई निकट देखिन्छन् ।


Source:Onlinekhabar

Posted by Butwalonline on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुरा मिलेपछि माओवादी बैठकको बाटो खुल्यो"

Leave a reply