लाजै मर्नु भयो म्युजिक फेष्टिभल
नेपाली संगीत क्षेत्रमै पहिलोपटक र अहिलेसम्मकै ठूलो भनिएको ग्रान्ड म्युजिक फेष्टिभल न त ग्रान्ड हुन सक्यो न त स्मुथ नै ।
सनिवार अपरान्ह टुँडिखेलमा आयोजना गरिएको म्युजिक फेष्टिभलमा १६ जना नेपाली पप स्रष्टा रक दिन हेलिकोप्टरमार्फत टुँडिखेल ओर्लिएपनि स्टेजमा पुगेपछि अनेक अडचन भोग्नुपर्यो ।
फिष्टेल एअरका दुई हेलिकोप्टरबाट १६ जना कलाकारलाई टुँडिखेल ओरालेर कार्यक्रमलाई भब्यता दिन आयोजक प्रयास गरेका थिए । तर, कमजोर साउन्ड सिस्टम, कमजोर ब्यबस्थापन र त्यसबाट वाक्क भएका उग्र दर्शकको प्रतिक्रियाले कार्यक्रमम अगाडी बढ्न सकेन् ।
साउन्ड सिष्टमप्रति वेखुस भएका दर्शकले पानीका बोतल, चाउचाउ लगायतका सामाग्री स्टेजमा फालिरहेपछि थुप्रै गायक गायिका आफ्नो प्रस्तुतीलाई बिचमै रोक्नुपर्ने अबस्थामा पुगे । भर्खरै नयाँ एल्बम सार्बजनिक गरेकी गायिका इन्दिरा जोसी पनि अराजक दर्शकको शिकार भइन् । पानीका बोतल स्टेजमा फालिरहेपछि उनले बिचमै आफ्नो प्रस्तुती राकिन् । त्यसपछि आएका गायक रविनले यस्तै अबस्था आए कार्यक्रम नै स्थगित गर्ने चेतावनी दिए । उनले चेतावनी दिइरहँदा पनि स्टेजमा प्रहार गर्न छाडिएन् ।
आयोजकले हजारौं दर्शकको अपेक्षा गरेर टुंडिखेललाई रोजेका थिए । अहिलेसम्मकै सवैभन्दा ठूलो पप म्युजिक फेष्टिभल भनेर प्रचार गरिएपनि टुंडिखेलमा दुई हजार जति मात्र दर्शक पुगेका थिए । जसले गर्दा हेलिकोप्टरको यात्राबाट सुरु भएको तामझाम आयोजक र कलाकारवीच निराशा छाएर सकियो ।
कार्यक्रममा ओमबिक्रम बिष्ट, निमा रुम्बा, नविन के भट्टराई, सुकमित गुरुङ, सुगम पोखरेल, इन्दिरा जोशी, योगेश्वर अमात्य, धिरज राई लगायतका कलाकारले आफ्नो प्रस्तुती देखाए ।
साधना कलाकेन्द्रको आयोजनामा भएको सो फेष्टिभलमा ओमबिक्रम बिष्ट र सुकमित गुरुङलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रधानमन्त्री झलनाथ खनालका तर्फबाट प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री उपस्थीत नभएपनि उनका तर्फबाट साधना कलाकेन्द्रका अध्यक्ष मिलन मोक्तानले अवार्ड प्रदान गरेका थिए ।
Source:onlinekhabar