सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयास जारीः भट्टराई
सरकारलाई राष्ट्रिय स्वरुप दिने प्रयास जारीः भट्टराई
0Share१ वैशाख, विराटनगर । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले झलनाथ खनाल नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिने प्रयास भइरहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थालमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दललाई पनि सहभागी गराएर यही सरकारलाई राष्ट्रिय स्परुप दिनु पर्ने बताउनु भयो । सबै दलबीच सहमति नभए शान्तिप्रक्रिया र संविधान लेखन कार्य टुङ्गोमा पुग्न नसक्ने भन्दै उपाध्यक्ष भट्टराईले सरकार बाहिर रहेका दलहरुलाई सरकारमा आउन आग्रह गर्नुभयो ।
जेठ १४ अगावै खनाल नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको सरकारको आकार पाउन सक्ने उहाँको दावी थियो ।
Source:onlinekhabar