|

तीन दलीय वार्ता तीन बजे

काठमाडौं, जेठ १३ (नागरिक)- सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ। तीन बजे फेरि बस्नेगरी टुंगिएको बैठकमा सहमतिको कुनै आधार जुट्न नसकेको पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए। बैठकमा माओवादी, कांग्रेस र एमालेका पाँच-पाँच नेता सहभागी थिए।
संविधानसभाको म्याद सकिन एक दिन बाँकी रहँदा म्याद थपका लागि सहमतिको प्रयास गर्न दलीय बैठक जारी छन्।

अहिलेकै अवस्थामा संविधानसभाको म्याद थप्न नहुने पक्षमा कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा छन् भने उपेन्द्र यादव नेतृत्वको फोरम सहित माओवादी विपक्षीका सर्त मान्न तयार देखिएको छैन।
आजै बिहान कांग्रेस र मोर्चाबीच भएको वार्तामा माओवादीसँग हतियार रहेसम्म संविधानसभाको म्याद थप्न नदिने सहमति भएको छ। माओवादी र एमालेसँग बैठकमा जानुअघि मधेसी मोर्चासँग कांग्रेसले छलफल गरेको हो।

Source:NagarikNews

Posted by Butwalonline on 11:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तीन दलीय वार्ता तीन बजे"

Leave a reply