|

वीरताको चिनो


नयाँ पुस्ता राष्ट्र र राष्ट्रियताप्रति गम्भीर छैनन् भन्ने आरोप लाग्दै आएको छ। सुमन सिंह, कल्याण घिमिरे, ध्रव दत्त र सन्तोष विके पनि त्यस्तै छन्। उनीहरूलाई देश र राष्ट्रियताको मतलब छैन। देशको बिग्रदो राजनैतिक अवस्थाका कारण उनीहरूमा देशप्रतिको आफ्नो जिम्मेवारीभन्दा आफ्नो जीवन सुधार्नुपर्छ भन्ने अवधारणा विकसित भएको छ। रोमान्स गर्नु र चित्त नबुझेको कुरामा झगडा गर्नु उनीहरूको दिनचर्या भैसकेको छ। उनीहरू ऋचा घिमिरे, रञ्जना शर्मा र स्ाोभिता सिम्खडास्ँग प्रेम गर्छन् र त्यसमै मग्न छन्। देशको सेवा गर्दागर्दै परिवार गुमाएका विराज भट्टसँग भेट भएपछि ती चारजनाले जीवनको लक्ष्य निर्धारण गर्छन्। भष्ट्राचारीको जालोबाट देशलाई मुक्त गर्न त युवक आफ्ना प्रेमिकाहरूस्हित कटिबद्ध हुन्छन्।

शंकर घिमिरेको निर्माण एवं निर्देशनमा निर्माण भएको चलचित्र 'वीरताको चिनो'मा रेजिना उप्रेती पनि छिन्। यो चलचित्र आज शुक्रबारदेखि नेपालभर एकसाथ सार्वजनिक हुँदैछ। अस्ट्रेलिया र युरोपमा प्रदर्शन भैस्केको यो चलचित्रमा सुरेश अधिकारीको संगीत सुन्न पाइन्छ। चलचित्रको एउटा गीत 'बसन्ती हावाले' प्रदर्शन अगावै लोकपि्रय भैसकेको छ।

Saptahik

Posted by Butwalonline on 1:45 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वीरताको चिनो"

Leave a reply