प्रहरी कारवाहीमा एकको मृत्यु
१६ वैशाख, बुटवल । प्रहरी कारवाहीमा परी रुपन्देहीको धकधइमा सशस्त्र समुहका एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गए राति १२ बजेको समयमा प्रहरी कारवाहीमा धकधई -१ रोहिणिपुल नजिकै ति व्यक्तिको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३०-३५ वर्षका तराई मुलका व्यक्ति रहेको प्रहरीले जानएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
धकधई इलाका प्रहरी कार्यालयका निरीक्षक नवराज भट्टराई नेतृत्वको गस्ती टोलीमाथि ४-५ जनाको संख्यामा रहेको सशस्त्र समूहले फायर गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप चलाएको प्रहरीको भनाई छ ।
प्रहरीले घटनास्थलबाट एकथान कटुवा पेस्तोल र बम फेला परेको जनाएको छ ।
Source:Onlinekhabar
