|

केहि दिनमै लोडसेडिङ घट्छः उर्जामन्त्री

१६ वैशाख, काठमाडौं । नवनियूक्त उर्जामन्त्री गोकर्ण विष्टले केहि दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने बताउनु भएको छ ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उर्जामन्त्री विष्टले लोडसेडिङ घटाउन सरकारले अल्पकालित उपाय सहितको कार्ययोजनालाई अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो-’लामो समयसम्म उर्जा संकट रहँदैन, जनताले अनुभव गर्न पाउने गरी लोडसेडिङ तत्काल कम हुन्छ ।’

उहाँले तत्काल लोडसेडिङ घटाउन विद्यूत चुहावट नियन्त्रण गर्ने, पावर प्लान्टहरु सन्चालनमा ल्याउने, अहिले भएकै जलविद्युत आयोजनाको क्षमता विस्तार गर्ने, वितरण कार्यलाई सन्तुलित पार्ने र कम विद्युत उपयोग गर्ने प्रविधिको विस्ता गर्ने कार्यमा सरकार जुटेको जानकारी दिनुभयो ।

चुहावट नियन्त्रण गर्ने कार्यमा ५० प्रतिशत बढी विद्युत चोरी हुने जिल्लामा दुई घण्टा लोडसेडिङ्ग थपेर विद्युत चुहावट नहुने जिल्लामा आगामि १५ दिनभित्रै थपिने मन्त्री विष्टले स्पष्ट पार्नुभयो । खिम्ती भोटेकोशी प्रशारण लाईन निर्माण कार्यलाई दुई महिना भित्र सम्पन्न गर्ने गरी काम भईरहेको भन्दै उहाँले प्रशारण लाईन निर्माणपछि केही लोडसेडिङ्ग घट्ने विश्वास ब्यक्त गर्नुभयो ।

सरकारले आगामी २०७२ भित्रमा नेपाललाई लोडसेडिङ मुक्त बनाउने दिर्घकालिन योजनामा पनि सरकारको ध्यान केन्द्रीत रहेको उल्लेख गर्दै त्यसका लागी सरकारले निर्माणाधिन आयोजनाहरुलाई पुरा हुने बतावारण निर्माण गर्ने, जलासाय यूक्त आयोजना निर्माणलाई प्राथमिकता दिने र लगानी मैत्रि बातावरण निर्माण गर्ने उहाँले बताउनुभयो । सरकारले पाँच वर्षभित्र लोडसेडिङ मुक्त बनाउन यसै महिनाबाट माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सिलान्यास गरेर निर्माण थालनि गर्ने उर्जामन्त्री विष्टले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबढाई लोडसेडिङ्गको समस्या समाधान गर्न नसक्ने भनेर भनिरहेको अवस्थामा उर्जामन्त्री विष्टले सरकार विद्युत महसुल बढाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’हाम्रो ध्यान लोडसेडिङ कम गर्नेमा केन्द्रीत छ विद्युत महसुल बढाउनेमा होइन ।’
Source:Onlinekhabar

Posted by Butwalonline on 12:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "केहि दिनमै लोडसेडिङ घट्छः उर्जामन्त्री"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु