|

चट्याङले आमाबुबाको मृत्यु, सन्तानको बिजोग

१५ बैशाख, काठमाडौं। दोलखाको सुरी गाविसमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अर्का १ घाईते भएका छन्। मृत्यु हुनेमा सुरी-६ की अन्दाजी ५० वर्षीया हिरामाया नेपाली रहेकी छन्। हिजो परेको चट्याङ लागी गम्भिर घाईते भएकी उनको आज बिहान घरमै मृत्यु भएको स्थानीय नन्दराज घतानीले जानकारी दिए। गत वर्ष उनका श्रीमानको पनि चट्याङ लागेर मृत्यु भएको थियो। आमाबुबाको मृत्यु भएपछि ४ छोराछोरीको बिचल्ली भएको छ। चट्याङ लागेर सोही स्थानका कुमार नेपाली घाईते भएका छन्।

Posted by Anonymous on 9:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चट्याङले आमाबुबाको मृत्यु, सन्तानको बिजोग"

Leave a reply