यातायात कार्यालयमा बम विस्फोट
सिरहा, वैशाख ५ - लहान स्थित सगरमाथा अंचल यातायात व्यवस्था कार्यालयमा आइतबार राति बम विस्फोट भएको छ । बम विस्फोटबाट झ्याल र कार्यालयको भवनमा समान्य क्षति पुगेको हो ।
कार्यालयमा कसले र किन बम विस्फोट गराएको सम्बन्धमा अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए ।
तराईमा सशस्त्र आन्दोलन गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका पूर्बी ब्यूरो सैन्य कमाण्डर जयमुक्तिले टेलिफोट गरी घटनाको जिम्मा लिएको छ । उनले टेलिफोनमा कुरा भने, गर्दै उक्त कार्यालयका कर्मचारीहरु सर्वसधारणबाट घुस लिएर मात्रै काम गरिरहेको भन्दै चेताबनी स्वरुप पार्टीका जिल्ला सैन्य कमाण्डर राधवको नेतृत्वमा गएको समूहले बम विस्फोट गराएको छ ।
Source:Kantipur News