|

किसुनजी रहेनन्



काठमाडौ, फाल्गुन २० -
सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शुक्रबार राति निधन भएको छ ।
जीवनको पछिल्लो चरणमा उनका शरीरका मुख्य अंगहरू क्रमशः निष्त्रिmय हुँदै गएका थिए । केही दिनदेखि अत्यन्त गम्भीर अवस्थामा रहेका उनको शुक्रबार राति ११ बजेर २६ मिनेटमा निधन भएको हो ।
उपचारमा संलग्न डा. भारत रावतका अनुसार उनका मस्तिष्कका कोषहरूसमेत क्षतिग्रस्त भएका थिए । चिकित्सकहरूले ८६ वषर्ीय भट्टराईको स्वास्थ्यस्थिति अघिल्लो दिनदेखि नै संकटपूर्ण भएको जनाएका थिए । उनीहरूले शुक्रबार साँझ उनलाई १२ घन्टाभित्र जेसुकै हुन सक्ने बताएका थिए । राति ११ बजेसम्म भट्टराईको रक्तचाप घटेर ७०/४० पुगेको थियो भने मुटुको ढुकढुकी १०० थियो ।
चिकित्सकहरूका अनुसार भट्टराईको मुटु, फोक्सो र मृगौलालगायत अंगले क्रमिक रूपमा काम गर्न छाडेका थिए । मस्तिष्कमा रगत र अक्सिजनको कमीले कोषहरू क्षतिग्रस्त भएको उनीहरूले जनाए ।
भट्टराईलाई पछिल्लो पटक रक्तचाप र मृगौलाको काम बढाउने तथा मुटुलाई तागत दिने औषधि दिएर राखिएको थियो । 'जतिसुकै औषधि दिए पनि सुधार देखिएन,' चिकित्सकले भने, 'मस्तिष्कमै असर परेकाले उहाँको निधन भयो ।'
भट्टराईलाई बुधबारदेखि नै 'बी-प्याप' भनिने 'एक्सटर्नल भेन्टिलेटर सपोर्ट सिस्टम' मा राखिएको थियो । सामान्य रूपमा अक्सिजन दिँदा नपुग्ने भएपछि २४ सै घन्टा अक्सिजन दिन उनलाई बी-प्यापमा राखिएको थियो ।
मृगौला निष्त्रिmय भएकाले बुधबारदेखि नै पिसाब भएको थिएन । त्यसले गर्दा शरीर र अनुहार पूरै सुन्निएको थियो । भट्टराईलाई श्वासप्रश्वास र शरीर सुन्निने समस्या देखिएपछि २२ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दुई साताअघिदेखि उनलाई त्यहींको आईसीयूमा लगिएको थियो ।

Source:ekantipur

Posted by Butwalonline on 7:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "किसुनजी रहेनन्"

Leave a reply