भारतीय अपराधीद्वारा जेलमै गोली प्रहार
काठमाडौ, फाल्गुन २६ -
नक्कली भारतीय मुद्राको कारोबार गरेको अभियोगमा थुनिएका युनुस अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारको मूल गेटमै बिहीबार बिहान हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको छ । नेसनल टेलिभिजनका अध्यक्षसमेत रहेका अन्सारीलाई गोली हान्ने भारतीय नागरिक बेलायतमा निर्मित रिभल्वरसहित घटनास्थलबाटै पक्राउ परेका छन् । लखनउको सरोजनीनगर ठेगाना बताउने विजय भनिने जसजित सिंह व्यावसायिक 'कन्ट्रयाक किलर' रहेको प्रहरीको भनाइ छ ।
हत्या गर्ने उद्देश्यले गोली प्रहार भए पनि एक प्रहरीले चलाखीपूर्वक तानेका कारण अन्सारीको दायाँ कुममा मात्र गोली लागेको छ । खतरामुक्त अन्सारीको हाल नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्सारी नक्कली भारु र लागू पदार्थको कारोबार गरेको अभियोगमा जेल परेका हुन् ।
प्रहरीले भारतबाट आएका 'सुटर' ले जेलमै गई अन्सारीलाई मार्न खोज्नुको कारण खोल्न सकेको छैन । 'हत्या गर्न खोज्नुको कारणबारे अनुसन्धान भइरहेको छ,' महानगरीय आयुक्तको कार्यालयका प्रमुख, एआईजी अर्जुनजंग शाहीले बताए । अन्सारीका पिता एवं पूर्वमन्त्री सलिम मियाँले भने उक्त हत्या प्रयासमा भारतीय गुप्तचर निकायको हात रहेको दाबी गरेका छन् ।
प्रहरीका अनुसार त्यही कारागारमा रहेका चाल्र्स शोभराजलाई भेट्न जाने बहानामा मुख्य गेटसम्म पुगेका सिंहले अन्सारीमाथि गोली प्रहार गरेका थिए । शाहीका अनुसार सिंहले छातीमा लाग्ने गरी गोली हान्ने प्रयास गरेका थिए । तर भेटघाट कक्ष निगरानी गरिरहेका प्रहरी जवान प्रमोदकुमार चौरसियाले रिभल्वर बोकेका सिंहको हात समात्दा गोली पड्केर युनुसको कुममा लागेको थियो । बिहान साढे ११ बजे भएको घटनाका सम्बन्धमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी अपराह्न पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । त्यहाँ बताइएअनुसार गोली हान्ने जसजित सिंह कसैले पैसा दिएपछि जो-कोहीलाई मार्न तम्सिने व्यावसायिक 'कन्ट्रयाक किलर' हुन् । प्रविधिको अभावमा प्रहरीले अभियुक्तको पूरै शरीर खानतलासी नगर्दा गोली प्रहार गर्ने व्यक्ति जेलको गेटसम्म पुग्न सफल भएको र त्यो जाँच प्रक्रिया त्रुटिपूर्ण रहेको एआईजी शाहीले सम्मेलनमा स्वीकारेका थिए ।
सम्पूर्ण सुरक्षाको कमजोरी होइन, केही प्रहरीको लापरबाही हो,' उनले भने, 'काममा लापरबाही गर्ने प्रहरीलाई निलम्बन गरेर अनुसन्धान गरिरहेका छौं ।' प्रहरीका अनुसार सिंहले गोली हानेका बेला युनुस वीरगन्जबाट आएका आफन्त अमिन अन्सारी र श्रीमतीसँग गफ गरिरहेका थिए । 'त्यहीबेला बायाँ हातमा पेस्तोल राखेर हानेको देखियो,' शाहीले भने । घटनाको अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार गोली हान्नेबित्तिकै सिंह पक्राउ परे पनि उनका दुई सहयोगी भारत, लखनउका सुरेश द्विवेदी र रामु द्विवेदी फरार छन् । प्रहरीले उनीहरूबारे थप सूचना दिने वा पक्राउ गर्न सहयोग गर्नेलाई ५० हजार रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ ।
भारतका विभिन्न चार हत्याकाण्डमा संलग्न रहिसकेका सिंंहले अन्सारीलाई मार्न १५ लाख भारतीय रुपैयाँको 'सुपारी' लिएर आएको बताएका छन् । प्रहरीका अनुसार उनले माघ १८ गते आफूलाई दुबईबाट अली नामको व्यक्तिले फोन गरेर नेपालमा मान्छे मार्न प्रस्ताव दिएका थिए । त्यसलाई स्वीकारेलगत्तै सिंहले भारतमा बैनास्वरूप साढे ७ लाख रुपैयाँ बैंकमार्फत पेस्की लिएको खुल्न आएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, 'बैना लिएपछि हाल फरार भएका दुई सहयोगीमार्फत जसजित सिंह नेपाल आएको देखिन्छ ।' जेलमा रहेका अन्सारीलाई मार्ने योजनाका साथ सिंह गत माघ २२ गते रेलबाट रक्सौल हुँदै वीरगन्जबाट काठमाडौं छिरेका थिए ।
'बसबाट कलंकी उत्रेका सिंहलाई दुई सहयोगीले भक्तपुरको बोडेस्थित नारायण पाण्डेको घरमा लगेर २१ दिन राखेका रहेछन्,' ती अधिकृतले भने, 'अज्ञात व्यक्ति एउटै घरमा लामो समय बस्दा शंका हुन सक्ने भएकाले सिंहलाई पाण्डेको घरनजिकै रहेको चन्द्रमाया खड्काको घरमा लगेर राखिएको रहेछ ।' प्रहरीले अभियुक्त बसेका डेराबाट उनीहरूको परिचय खुल्ने कागजपत्र र तस्बिरसमेत बरामद गरेको छ ।
हत्याको योजना डेढ वर्षअघि
प्रहरीका अनुसार अन्सारीको हत्या योजना डेढ वर्षअघि नै बनेको थियो । गत वर्ष माघ २४ गते स्पेसटाइम नेटवर्कका सञ्चालक जमिम शाहलाई हत्या गर्नुअगावै भारतबाट आएको एक समूहले अन्सारीलाई मार्ने योजना बनाएको थियो । तर अन्सारी नक्कली भारु र लागूपदार्थको कारोबार गरेको अभियोगमा पक्राउ परेपछि हत्या योजना तुहिएको र जमिम मारिएको प्रहरी अधिकृतहरूको भनाइ छ ।
स्रोतका अनुसार प्रहरी नियन्त्रणमै रहेको अवस्थामा पनि अन्सारीको हत्या गर्ने प्रयास भएको थियो । त्यसका निम्ति प्रहरी कार्यालयभित्रै वा मुद्दा चलाउन अदालतमा म्याद थप्न लैजाने क्रममा आक्रमणको योजना बनाइएको थियो । तर प्रहरी घेरामै आक्रमण गर्दा पक्राउ परिने र योजनाबारे भेद खुल्न सक्ने भयले पछिल्लो प्रयास पनि तुहिएको थियो । यसपटक सिंहले अन्सारीको हत्या प्रयासका लागि दैनिक जेलमा गए त्यहाँ रहेका शोभराजसँग हिमचिम बढाएको देखिएको छ । शोभराजलाई भेट्ने बहानामा उनले अन्सारीको दैनिक क्रियाकलापमाथि निगरानी राख्ने गरेको खुल्न आएको छ । एआईजी शाहीले शोभराजमाथि पनि अनुसन्धान थालिने बताए ।
तीन सुरक्षाकर्मी निलम्बित
महानगरीय आयुक्तको कार्यालयले कारागार प्रवेश गर्ने क्रममा चेकजाँचको जिम्मेवारी पाएका एक असईसहित तीन जनालाई निलम्बन गरेको छ । खटाएको स्थानमा जिम्मेवारपूर्वक कार्य नगरेकै कारण घटना भएकाले उनीहरूलाई निलम्बन गरिएको एआईजी शाहीले बताए । निलम्बन हुनेहरूमा असई लक्ष्मण भण्डारी, प्रहरी जवानहरू मनोजकुमार कार्की र तिलकराम चौधरी छन् । आयुक्तको कार्यालयले बिहीबार साँझ केन्द्रीय कारागारमा तैनाथ ५० सुरक्षाकर्मीलाई हटाई उनीहरूको स्थानमा दुई नम्बर गणको नयाँ समूहलाई जिम्मेवारी दिएको छ ।
दुई छानबिन समिति
अन्सारीलाई गोली हानिएको घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र महानगरीय आयुक्तको कार्यालयले छुट्टछुट्टै छानबिन समिति गठन गरेका छन् । प्रधान कार्यालयले एआईजी रवीन्द्रप्रताप शाहको संयोजकत्वमा गठन गरेको छानबिन समितिका सदस्यमा डीआईजी परशुराम खत्री र एसएसपी माधवप्रसाद जोशी छन् । छानबिन समितिले बिहीबारै कारागार र अन्सारीलाई राखिएको अस्पतालमा गएर घटनाबारे अनुसन्धान थालेको छ । यस्तै महानगरीय आयुक्तको कार्यालयले घटनाबारे अनुसन्धान गर्न अपराध महाशाखाका एसएसपी हेमन्त मल्लको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिका अन्य सदस्यमा एसएसपी केदारमानसिंह भण्डारी र काठमाडौं परिसरका डीएसपी लालमणि आचार्य छन् ।
राज्यव्यवस्था समितिको ध्यानाकर्षण
संसद्को राज्यव्यवस्था समितिले कारागारजस्तो कडा सुरक्षा व्यवस्था भएको ठाउँमा भएको गोली प्रहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 'कडा सुरक्षा घेरामा रहने कारागारजस्तो संवेदनशील स्थानमा भएको घटनाले सुरक्षा कमजोरीलाई गम्भीर रूपमा उजागर गरेको छ । यस सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ । हामी छिट्टै बैठक बसी प्रहरी, जेल प्रशासन र सरोकारवाला सबैलाई बोलाएर घटना सम्बन्धमा बुझी आवश्यक निर्देशन दिनेछौं,' सभापति रामनाथ ढकालले बताए । संसद्को बैठक नबसे आइतबार नै नभए सोमबार बैठक बोलाइने उनले जनाए ।
Source:Kantipur News