फेसबुकले दिन्छ अब आत्महत्याको सूचना
फेसबुकका कारण बिश्वका धेरै मानिसले आत्महत्या गरेको समाचार त सुन्दै आएका छौं । तर, आत्महत्याको कारक बनेको सोही फेसबुकले अब आत्महत्या गर्न लागेका सदस्यका बारेमा अलर्ट गर्ने प्रणालीको बिकाश गरेको छ ।
सेसियल नेटवर्किङ साइड फेसबुकले एक नयाँ प्रणाली सुरु गर्दैछ, जसको मद्दतले उसको नजरमा आत्महत्या गर्ने सोंच बनाएका तपाईका फेसबुक साथीको बारेमा जानकारी दिनेछ ।
फेसबुकले यो सुविधा समैरिटन्स नामक संस्थासँग मिलेर सुरु गर्न लागेको हो । आत्महत्याको सूचना दिने यो प्रणालीको बिकाश गर्दा धेरै ब्यक्तिमा यसको प्रयोग गरिएको यसका बिकाशकर्ताहरुले बताएका छन् ।
यो संस्थाले समस्यामा गरेका मानिसहरुलाई भावनात्मक समर्थन गर्दै आएको छ, जसमा आत्माहत्या गर्न सक्ने मानिसहरु पनि छन् ।
फेसबुकले सुरु गर्न लागेको नयाँ प्रणाली प्रयोगका लागि तपाई जसको बारेमा चिन्तित हुनुहुन्छ, त्यसबारे लेख्दै एक र्फम भर्नुपर्ने हुन्छ । यो र्फम साइटको मोर्डरेटरसम्म पुग्नेछ ।
तपाईको उक्त सन्देश लेखेको फेसबुकको लिंक पनि साथै दिनुपर्नेछ । यसबाहेक प्रयोगकर्ता र उ कुन कुन नेटवर्कका सदस्य छ भन्ने जानकारी दिनुपर्नेछ ।
त्यसपछि फेसबुक टिमले ती ब्यक्तिको आत्महत्यासम्वन्धी अलर्ट पठाउने छ । फेसबुकले यो बिधि छिटै प्रयोगमा ल्याउने बताएको छ ।
Source:onlinekhabar
सेसियल नेटवर्किङ साइड फेसबुकले एक नयाँ प्रणाली सुरु गर्दैछ, जसको मद्दतले उसको नजरमा आत्महत्या गर्ने सोंच बनाएका तपाईका फेसबुक साथीको बारेमा जानकारी दिनेछ ।
फेसबुकले यो सुविधा समैरिटन्स नामक संस्थासँग मिलेर सुरु गर्न लागेको हो । आत्महत्याको सूचना दिने यो प्रणालीको बिकाश गर्दा धेरै ब्यक्तिमा यसको प्रयोग गरिएको यसका बिकाशकर्ताहरुले बताएका छन् ।यो संस्थाले समस्यामा गरेका मानिसहरुलाई भावनात्मक समर्थन गर्दै आएको छ, जसमा आत्माहत्या गर्न सक्ने मानिसहरु पनि छन् ।