निखिलसँगै मोनिका काठमाण्डौमा
भारतीय अभिनेत्री मोनिका बेदी सनिवार काठमाण्डौं आएकी छन् । मोनिकाको नेपाल भ्रमणको उदेश्य घुमघाम नभएर एक नेपाली चलचित्रमा अभिनयका लागि हो ।
नेपाली फिल्म ‘ परिचय’ खेल्न सनिवार साँझ काठमाण्डौ आइपुगेकी मोनिका सुटिङका लागि आइतवारै पोखरातिर लागिन । उनीसागै नायक निखिल उप्रेती पनि काठमाण्डौं आइसकेका छन् । दोस्रो बिहेको लफडापछि निखिल केही महिनादेखि मुम्बई बस्दै आएका थिए ।
परिचयमा निखिल र मोनिका जोडीमा रुपमा देखा पर्नेछन् । मुम्बईकै सेलिब्रिटी स्टार डष्टले निर्माण गर्न लागेको यो फिल्मका निर्देशक आकाश पाण्डे हुन् । राजेश हमाल, सुनिलदत्त पाण्डे लगायतको अभिनय रहने फिल्म परिचयलाई सञ्जय नरेन्द्रले निर्माण गर्न लागेका हुन् ।
बिभिन्न भारतीय चलचित्रमा सहायक निर्देशकका रुपमा काम गरिसकेका निर्देशक पाण्डेले मोनिकालाई नेपालीमाझ पनि परिचित बनाउन आफ्नो फिल्ममा अभिनय गराउन लागेको बताए । यो फिल्मको अधिकांश सुटिङ पोखरामा र बाँकी केही प्रतिशत थाइल्याण्डको वैंककमा गरिने बताइएको छ । शुक्रवारदेखि नै पोखरामा सुटिङ सुरु भएको छ ।
Source:onlinekhabar: