नेपालगञ्ज उधोग बाणिज्य सघंको अध्यक्ष पदमा श्रेष्ठ निर्बाचित
ज्ञानु गौतम, नेपालगञ्ज १४-नेपालगञ्ज उधोग बाणिज्य सघंको अध्यक्ष पदमा कृष्ण प्रसाद श्रेष्ठ निर्बाचित हुनुभएको छ । उहााले प्रतिद्धन्दी नन्दलाल वैश्यलाई ४ मतले पछाडी पारेर अध्यक्षमा निर्बार्चित हुनुभएको हो । कुल १५ पदका लागि भएको निर्बाचनमा समाबेशी प्यानलले २ उपाध्यक्ष र ६ जना सदस्य सहित ८ पदमा विजय हासिल गरेको छ ।
दोस्रोमा प्रजातान्त्रिक समुहले ४ जना सदस्य पदमा विजय हासील गरेको छ । नवनिर्बाचित अध्यक्ष श्रेष्ठले ६ सय ४ मत प्राप्त गर्नुभएको छ भने उहााका प्रतिद्धन्दी नन्दलाल वैश्यले ६ सय मत प्राप्त गरेका थिए । प्रजातान्त्रिक समुहका सतिश कुमार अग्रवालले ४ सय ७४ मत प्रापत् गर्नुभएको छ । त्यस्तै उधोग तर्फको उपाध्यक्षमा समाबेशी प्यानलका कपिल प्रसाद अधिकारी बिजयी हुनुभएको छ । अधिकारीले ७ सय ४७ मत प्राप्त गर्नुभएको छ भने उहााका प्रत्यासी प्रजातान्त्रिक प्यानलका श्याम कुमार शर्माले ४ सय ७५ मत प्राप्त गर्नुभएको छ ।
समाबेशी तथा साझा समुहका हाजी सकिल अहमद जसगढले ४ सय ५९ मत प्राप्त गर्नुभएको छ । बाणिज्य तर्फको उापध्यक्षमा समाबेशी प्यानलका अब्दुल बाहिद मन्सुरीले ५ मतको झिनो अन्तरले विजय हुन सफल हुनुभएको छ । मनसुरीले ६ सय ६५ मत प्राप्त गर्नुभएको छ भने उहााका प्रत्यासी समाबेशी तथा साझा समुहका ललित रौनियारले ६ सय ६० मत प्राप्त गर्नुभएको छ । प्रजातान्त्रिक समुहका तनविर जमाल हलवाइले ४ सय ५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै १२ सदस्य पदका लागि भएको निर्बाचनमा समाबेशी समुहका ६ जना निर्वाचित भएका छन् । त्यस्तै समाबेशी तथा साभाm समुह बाट रचना श्रेष्ठ र विष्णु गौतम गरि २ जना मात्र निर्बाचित हुनुभएको छ । मत परिणाम बारे चित्त नबुझेको भन्दै अध्यक्षका प्रत्यासी समाबेशी प्यानलका नन्दलाल वैश्य र बाणिज्य तर्फका उपाध्यक्ष समाबेशी तथा साझा समुहका ललित रौनियारले पुन मत गणनाका लागि निर्बाचन समितिमा उजुरी हालेका छन् ।
