वेलायतको साहित्य समाजद्धारा यस बर्षको पुरस्कार तथा सम्मान घोषणा
6:55 AM | Posted in News, Photo Gallery, Prabasi News | Read More »
घरेलु महिला कामदारको श्रम स्वीकृति बन्द
7:43 AM | Posted in National News, News | Read More »
डिसीमा अर्थ मन्त्रि राम शरण महत संग अन्तरक्रिया
विजय थापा ,बैशाख १ ,भर्जिनिया डिसी महानगर क्षेत्रको भर्जिनियामा अर्थ मन्त्रि राम शरण महत संग नेपाली नया बर्षको संघारको कार्यक्रम माथि कार्यक्रम जुधेको समय बाबजुद पनि डिसी बासीले छोटो समयको सूचनामा जानकारी पाएता पनि समय व्यवस्थापन गर्दै कार्यक्रममा सरिक भै अनौचारिक अन्तर्क्रिया कार्यक्रम भएता पनि अर्थ मन्त्री राम शरण महत संग कुरा राख्न भ्याएका छन् l
अर्थ मन्त्री महतले आफ्नो मन्तब्य राख्नु अगाडी पहिले जिज्ञाशा ,प्रश्न तथा केहि गुनासा सुने पछि मात्र सबै सवालको जवाफ दिदै आफ्ना भनाई राखेका थिए l अर्थ मन्त्रिलाई सबै भन्दा ज्यादा सवाल सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अभिव्यक्ति गरेको बिषयमा खुरन्दार रुपमा सवाल गरेका थिए भने मन्त्रि पण्डितले बोलेको कुरा सरकार को हो या कसको हो भनी जवाफ दिनु पर्यो भनि सहभागीले अर्थ मन्त्रि संग सवाल गरेका थिए l
अर्थ मन्त्रीले यो सरकारको हैन र वहाको व्यक्तिगत हो भन्दै पण्डितले दिएको अभिव्यक्तिले कोहि सन्तोष नभएको उल्लेख गर्दै छापाले उचालेर र चढाएर यसो हुन् पुगेको पनि हुन् सक्ने अर्थ मन्त्रिले तर्क दिए l डीभीका लागि अनशन बस्नेलाई नारायणीमा बगाइदिए हुन्छ भन्ने मन्त्रि पण्डितको भनाई सस्तो प्रचार र प्रसारको लागि गरिएको हुन् सक्ने र यसको लागि राजनीति गर्नु नहुने महतले बताए l
साथै पण्डितको भनाईले विदेशमा बस्ने प्रवासीहरुको चित्त दुखेको गुनासो पोखेका थिए भने गैर आवाशीय नेपालीहरुको हकमा दोहोरो नागरिकता ,लगानीका कुरा ,संघियता ,स्थाई आवासीय पत्र (ग्रिन कार्ड /पी आर ), संबिधान कहिले सम्म बन्ने छ , स्थानीय चुनाब कहिले सम्भावना होला ? र अन्य थुप्रै सवालको जवाफ अर्थ मन्त्रिले दिएका थिए l प्रवाशी नेपालीहरुको हकमा राजनैतिक अधिकार बाहेक दोहोरो नागरिकतामा पनि सबै दलसंग छलफल गरि रहेको बताउदै गैर आवाशीय नेपालीले राजनैतिक अधिकारको कुरा गर्दा अलिक ज्यादा भएको जस्तो आफुलाई लागेको बताए l
कांग्रेस पनि कतै अल्मलिएको छ भन्ने सवालको जवाफमा कांग्रेस आधारभूत सिद्धान्तमा कहिले सम्झौता गर्दैन भन्दै देश विकासको लागि आर्थिक कार्यसूची अगाडी बढाउनु पर्ने अपरिहार्यता हुन्छ भन्दै अनुशासन र बिधि भएमा मात्र देशले विकास गर्ने कुरामा जोड दिएका थिए l कार्यक्रम जन सम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा गरिएको थियो भने कार्यक्रमको सभापतित्व केसब बरालले गरेका थिए l परिचयात्मक कार्यक्रमबाट सुरु गरिएको अन्तर्क्रियामा सभापति केशव बरालले खादा लगाई अर्थ मन्त्रिलाई स्वागत गरेका थिए भने धन्यबाद ज्ञापन उपाधक्ष्य राम शरण हुमागाईले गरेका थिए l
7:07 PM | Posted in News, Photo Gallery, Prabasi News | Read More »
कोलोराडो बासिले यसरि मनाए नया वर्ष २०७१
अमेरिकाको कोलोराडोमा नेपाली नया बर्ष २०७१ सयुक्त रुपमा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल र नेपाली घर नामक संस्थाको संयुक्त आयोजनामा भब्य उत्साह तथा उमंगको साथ मनाईएको छ I निक्कै बाक्लो समुदायको उपस्थिति भएको उक्त कार्यक्रममा विभिन्न नेपाली संस्कृति झल्किने नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो I
सांगीतिक कोसेली प्रस्तुत स्वरुप नेपाली लोकगीत, नेपाली संस्कृतिका नृत्य ,कौडा नृत्य ,धिमाल नाच ,तामांग सेलो ,नेवारी संस्कृति झल्किने नृत्य तथा विभिन्न गीतहरु प्रस्तुत गरिएको टिका पौडेलले बताए l हाम्रा परम्परा तथा चाड पर्व हाम्रा पिढीहरु लागि भए पनि जोगाउनु पर्ने भन्दै नेपाली नया बर्षले मातृभूमिको सम्झना गराएको बताए । स्थानीय कलाकारहरु शरद आचार्य र समीर आचार्यले हास्यव्यंग्य नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरंजन दिलाएका थिए । नयाबर्षको लागि नेपाली नामबाट खोलिएको याक एंड यति नामक नेपाली चमेना गृहले विभिन्न परिकारहरु नेपाली खानाहरुको चाजो मिलाएको थियो l
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल अध्यक्ष शरद आचार्य र नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने स्वागत तथा धन्यबाद ज्ञापन समेत नया बर्षमा दिइएको थियो l
12:55 AM | Posted in News, Photo Gallery, Prabasi News | Read More »
प्रवासको दिल्लीमा पनि पढ्ने भए नेपाली दैनिक पत्रिका
विगत सात बर्ष अगाडीदेखि हाम्रो नेपाल, नेपाल एक्सप्रेस र नेपाल दर्शन साप्ताहिकको रूपमा संचालन हुदै आएको नेपाली साप्ताहिक पत्रिका अव दैनिक पत्रिकाको रूपमा संचालनमा आउन लागेको हो। ’नेपाल आवाज’ दैनिक को नामले संचालनमा ल्याउन लागिएको सो पत्रिका वैशाख, १,२०७१
देखि आम प्रवासी नेपाली समुदाय तथा भाषा भाषी नेपालीहरूको बिचमा लैजाने उद्धेश्यले पत्रिकाको उद्घाटन राखिएको थियो। ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र कुवरले अध्यक्षता गरेको सो उद्घाटन समारोहमा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरू, नेपाली राजदुतावासका बिभिन्न ओहदाका पदाधिकारीहरू, नेपाल एअरलाईन्स तथा एभरेष्ट बैंकका प्रबन्ध संयोजक, आई एम ई ग्लोबल बैंक र प्रभु मनि ट्रान्सफरका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। प्रमुख सम्वाददाता गोबिन्द पोख्रेलले संचालन गरेको सो कार्यक्रम नया दिल्ली स्थित गान्धि शान्ति प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो। दुई चरणमा राखिएको सो कार्यक्रममा पहिलो चरणमा नेपाली दुताबासको तर्फबाट प्रतिनिधित्व गर्दै पोलिटिकल मिनिस्टर तिर्थ वाग्ले र साँस्कृतिक विभाग प्रमुख अर्जुन पन्तले, प्रवासी नेपाली संघ भारतको तर्फबाट खेमचन्द्र ढकाल, अखिल भारत नेपाली एकता मंचको तर्फबाट आर.बि. खड्का, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट विन ब. कुवर, एभरेष्ट बैंक लिमिटेडको तर्फबाट चिफ रिप्रीजेन्टेटिभ दिपक कुमार चोपरा र पत्रिकाको तर्फबाट सम्पादक लोकेश शाह ’आर्यन’ ले बोलेका थिए भने दोस्रो चरणको कार्यक्रममा नेपाली जन सम्पर्क समिति-भारतको तर्फबाट बाल कृष्ण पाण्डे, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईण्डष्ट्रिजका उपाध्यक्ष प्रमोद खरेल, लुम्बिनि गौतम बुद्ध चेरिटेबल ट्रस्टबाट दिपक जि.सी., मोर्डन इरा टुर एण्ड ट्रावल्सको तर्फबाट कृष्ण गैरे, हेल्प नेपाली मिशनको तर्फबाट कवि कार्कि, गुरूगं समाज सेवा समितिको तर्फबाट रन बहादुर गुरूगं, हाम्रो स्वाभिमान ट्रस्टको तर्फबाट प्रेम बहादुर क्षेत्री, लुम्बिनी अर्घाखाची सहकारी वचत समुहका जय प्रकाश खनाल र वल्र्ड गोर्खा फाउण्डेशनको तर्फबाट समिर प्रधानले बोलेका थिए।
कार्
यक्रम नेपाली दुतावासका वाग्ले र पन्त तथा ब्यवस्थापन समितिका उपाध्यक्ष खुम गुरूगं र सचिव बिके कृष्णद्वारा उद्घाटन गरीएको थियो भने ब्यवस्थापन समितिमा अध्यक्ष देवेन्द्र कुवर, उपाध्यक्ष खुम ब. गुरूगं, सचिव बिके कृष्ण, सह-सचिव बिष्णु के. सि. र कोषाध्यक्ष बि.बि. गुरूगं रहेका छन भने पत्रकारहरू र वितरकमा सम्पादक लोकेश शाह ’आर्यन’, प्रमुख सम्वाददातामा गोबिन्द पोख्रेल र विश्वास शाह, सम्वाददाताहरूमा बाबुराम थापा, भेषराज पौडेल र गणेश बि. क., प्राविधिक संयोजक बिरेन्द्र खड्का तथा वितरकमा राजेन्द्र सिंह रहेको कुराको उद्घाटन समारोहमा घोषणा सहित परिचय गराईएको थियो।
12:33 AM | Posted in News, Photo Gallery, Prabasi News | Read More »
दुबईमा गोरखा सेवा समाजको नँया बर्ष शुभ कामना तथा बनभोज कार्यक्रम सम्पन्न
दुबई, चैत्र ३०- गोरखा सेवा समाज यु.ए.ईले नव बर्ष २०७१ को पावन अबसरमा दुबईको मम्जार पार्कमा गत शुक्रबार शुभकामना अादान प्रदान तथा बिबिध मनोरन्जन सँगै बनभोज कार्यक्रम सम्पन्न गर्यो।
गोरखा सेवा समाजका अध्यक्ष भिम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अथिति संस्थापक अध्यक्ष शुरेश ढकाल,अथितिहरूमा क्रमश गैर अाबासिय संमवय परिसद् मध्य पुर्ब संयोजक चन्द्र रोकाहा, नेपाली समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्की,नेपाली जनप्रगतिशील मन्च यु.ए.ईका अध्यक्ष हेमन्त पैाडेल, एन.अार एन NCC का उपाध्यक्ष सुदिप कार्की,चितवन समाज यु.ए.ईका अध्यक्ष श्याम पोखरेल,हुनुहुन्थ्यो।
यसै गरी अन्य अथितिहरूमा पर्बत सेवा समाज यु.ए.ईका अध्यक्ष मणी भुर्तेल,स्याङ्जा सेवा समाज यु.ए.ईका उपाध्यक्ष कुल केसी,नेवा पुच यु.ए.ईका अध्यक्ष प्रमोद श्रेष्ठ,मगर संघ यु.ए.ईका उपाध्यक्ष उपेन्द्र रानामगर,अन्तराष्ट्रिय कलाकार मन्च यु.ए.ईका महासचिब गोपीकृष्ण पंगेनी,साथै यु.ए.ईका ख्याति प्राप्त कलाकारहरूको बिशेष उपस्थिति रहेको थियो।
नव बर्षको अागमन सँगै गत बर्ष झै यस बर्ष पनि बिबिध लोक साँस्कृतिक कार्यक्रम तथा नेपाली परिकारको भरपुर स्वाद रहेको उक्त कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि समाजसेवी, बुद्दिजिबी, पत्रकार, बिभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि साथै युएई बासी नेपाली दाजुभाई, दिदिबहिनीको उल्लेखनिय उपस्थित थियो।
अाउदै गरेको नयाँ बर्षले हामी प्रबासमा रहेका सम्पर्ण नेपालीहरूको सुस्वास्थ्य,उत्तरोत्तर प्रगतीको कामना सहित स्वागत गर्दै संस्थाका उपाध्यक्ष दिनेश पाण्डेले तँपाईहरूको साथ अनि हैासलाले हामी अाज सफल भएकोमा खुसी ब्यक्त गरे। अाँउदा दिनहरूमा पनि यहाँहरूको सहयोगको अपेक्षा रहने बताए। यसै गरी मन्तब्यै कै क्रममा नेपाली समाज यु.ए.ईका अध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रबासमा नेपालीहरू बिच एक अापसमा भाइचाराको समन्ध अझै बडोस् भन्दै नयाँ बर्षको २०७१को शुभकामना ब्यक्त गरे। यसै गरी बिभिन्न अथितिहरूले शुभकामना ब्यक्त गरेका थिए।
यसै गरी प्रमुख अथिति शुरेश ढकालले उपस्थित सम्पुर्णलाइ नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै अझै यस्ता नयाँ कार्यक्रमहरू गर्दै एक अापसमा मिलेर प्रबासमा समस्या रहेका नेपालीहरूको यथाशिघ्र उद्दार गर्नु पर्नेमा जोड दिए। म अत्यान्तै खुसी छु। कार्यभारको पोहिलो कदम अत्यान्तै सफल अनि फलदाही भयो। यो नै एकताको जग हो, भन्दै संस्थाका अध्यक्ष भिम श्रेष्ठले भ्याकुता जति उफ्रे पनि काल्ला मुनी नै रहने दाबी गरे। निश्वार्थ समाज सेवाको भावना कसैले मार्न नसक्ने उनको भनाई छ।उनले फेसबुक स्ट्याटसबाट उक्त कार्यक्रममा महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण केन्द्रिय टिम, क्षेत्रिय समितिका प्रमुख तथा पदाधिकारीहरू साथै सम्पुर्ण यु.ए.इ बासी नेपाली दाजुभाइ,दिदिबहिनीहरू प्रति धन्यबाद ब्यक्त गरेका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा प्रवासको मरुभूमिमा रहेता पनि आफ्नै देशको नेपाली विभिन्न परिकारका स्वादसंगै नेपाली सांगीतिक माहौलमा रम्न पाउदा सबैजनाको चेहरामा खुसी झल्केको देख्न सकिन्थ्यो । दैनिक आ–आफ्नो काममा व्यस्त रहने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले त्यस दिन भने अलगै रमाइलो अनुभूति गरेका थिए ।बिभिन्न नेपाली स्वादिष्ट परिकार, सेल रोटी, छाला सहितको ताजा खसीको मासु, पोखरेली ध्युको स्वादमा खिर अनि भक्तपुरे नेवारी अचारले उपस्थित भिडलाइ थेक्न हम्मे हम्मे परेको देखिन्थ्यो।
कोही मादल त, कोही अाफ्नै तालमा नाच्दै थिए , कोही गाउनमा व्यस्त थिए । त्यसै पनि प्राकृतिक ध्वनिमा संगीतको आनन्द लिनेहरुको कमि थिएन । कतै फेरी दोहोरी खेल्नेहरुको जमघट देखिन्थ्यो। "गोर्खा मनकामना,, झाप्पै माया लाइहालैा भनेनी ठिक छैन जमाना"बोलको दोहोरीमा कम्मर मर्काउनेको दृश्य कता कता गाउँ घरको यादले दर्शकलाइ भाबुक बनाइ राख्थ्यो। सायद कसैलाई त खान पिउन भन्दा नाच्न र गाउनमा नै रमाईलो लागेको आभास हुन्थ्यो । अत्यान्तै रमणिय स्थानको नग्न तस्बिर लिनेहरूको भिड पनि कम्ति थिएन।
कार्यक्रम संस्थाका महासचिब बिनोद श्रेष्ठ क्रान्तिले संचालन गरेका थिए।
12:24 AM | Posted in News, Photo Gallery, Prabasi News | Read More »
७ वर्षीयाको बलात्कारपछि हत्या
खोजी गर्दैजाँदा राति १ बजे पुरानो राणा दरबारको कौसीमा बालिकालाई अत्यधिक रक्तस्रावसहित अचेत अवस्थामा भेटिएको थियो । बीभत्स स्थितिमा भेटिएकी बालिकालाई नारायणी उपक्षेत्रीय अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
'घुषुकपुरमा भुतबंगालोजस्तो दरबार छ, जहाँ मान्छेको खासै आवतजावत हुँदैन, त्यहाँ उनी अचेत अवस्थामा फेला परिन्,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'उद्धार गरेर अस्पताल पुर्याउँदा डाक्टरले मृत्यु भइसकेको बताए ।' बालिकालाई बलात्कार गरिएको स्थानमा ५ रुपैयाँको नोट, उनको गञ्जी र सुरुवाल फेला पारेको छ । उनलाई ५ रुपैयाँ दिएर वा देखाउँदै त्यहाँ ल्याएर बलात्कार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
अस्पताल स्रोतका अनुसार बालिकालाई बयस्क व्यक्तिले बलात्कार गरेको देखिन्छ । उनको शरीरमा लागेको चोटपटक लगायतका आधारमा अस्पतालले यस्तो निक्र्योल गरेको हो ।
उक्त घटनास्थलमा यसअघि पनि महिलालाई बलात्कार प्रयासका घटना हुँदै आएको प्रहरीले जनाएको छ । घटनास्थल पुरानो भवन हो । इँट्टाहरु उप्किएका छन् । मान्छेहरुको आवतजावत हुँदैन ।
घटनामा बालिकालाई नजिकबाट चिन्ने व्यक्तिको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । चिया पसलमा आउने ग्राहक वा अन्य छिमेकका कोही हुन सक्ने शंका गरिएको छ । शंकास्पद एक जना पक्राउ परेका छन् । ती व्यक्तिले बालिकासँग नजिकिने गतिविधि गरेका थिए । बारा जिल्ला प्रहरी प्रमुख एसपी ईश्वरबाबु कार्कीले घटनास्थल मानिसको आवतजावत नहुने ठाउँ भएकाले अपराधीले फाइदा उठाएको जनाए ।
बालिका चार वर्षदेखि मामाघरकी हजुरबुवा/हजुरआमासँग बस्दै आएकी थिइन् । उनका बाबु बिक्की साह तेली लागुऔषध कारोबार मुद्दामा दस वर्षका लागि कारागार चलान भएको पाँच वर्ष भयो । बाबु जेल परेपछि आमा काम खोज्न भारत गएकाले हजुरआमाले स्याहार्दै आएकी छन् । उनकी एक दिदी बाबुपट्टीका हजरबुवासँग रक्सौलमा बस्छिन् । घटनाकै दिन बिहान घरपट्टकिा हजुरबुवाले उनकी दिदीलाई लिएर गएका थिए । उनलाई पनि लैजान खोजेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निरीक्षक दधिराम न्यौपानेको कमान्डमा टोली खटाएको छ ।
बारामा पछिल्ला तीन वर्षमा ३३ बलात्कार भएका छन् । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ । यस आर्थिक वर्षको ९ महिनामा ७ वटा बलात्कार भए । अघिल्लो वर्ष १५ जना बलात्कृत भएका थिए ।
यसअघि पनि १७ वर्षीया किशोरीलाई उनका प्रेमीले बलात्कारपछि हत्या गरेका थिए । बारा प्रहरीले हत्या गनर्ेे प्रेमीको पहिचान भइसके पनि पक्राउ गर्न नसकेको जनाएको छ ।
पछिल्लो घटनापछि प्रहरीले सक्रियता बढाएको छ । निर्माणाधीन घर, पुराना मान्छे नबस्ने घर, विद्यालय, खाली चौर लगायतका क्षेत्रमा सादा पोसाकमा गस्ती थालिएको छ ।
कलैयाको ७ नम्बर वडा पावर हाउसनजिकै टाटीले बारेको र खरले छाएको घर छ । सडक किनारैमा टहरो छ । शनिबार राति टहरोमा पुग्दा एक महिला बोली भास्सिएको विक्षिप्त अवस्थामा थिइन् । उनी ती बलात्कृत बालिकाकी हजुरआमा हुन् । हजुरआमाका अनुसार हराउनु केही समयअघि बालिका चिया पसल छेउमा सार्थीहरुसँग खेलिरहेकी थिइन् । हजुरआमा उनलाई धेरै चकचक नगर्न भनिरहेकी थिइन् । त्यसको केहीबेरमै उनी आँखाबाट ओझेल भइन्, कहिल्यै नर्फकने गरेर ।
एक पटक हातसमेत नलगाई माया गरेर हुर्काएकी नातिनीको बलात्कारपछि हत्याले उनी विक्षिप्त छिन् । रुँदारुँदा बोली दबेको छ । बालिकाकी आमा आइतबार भारतको मुम्बईबाट आउँदैछिन् । 'ज्वाइँ जेल गएपछि सानी छोरी मलाई जिम्मा लगाएर पैसा कमाउन मुम्बई गएकी थिई,' हजुरआमा भावविह्वल भइन्, 'छोरी मरेको खबर सुनेर ऊ आउँदा अब मैले के भन्ने ?'
दुई वर्षकी हुँदादेखि ती बालिका मामाघरमा बस्दै आएकी थिइन् । छवैको मदरसामा पढ्न जाने गर्थिन् । फुर्सद हुँदा हजुरआमाको चिया पसलमा काम सघाउने गर्थिन् ।श्रोत:ईकान्तिपुर
6:54 AM | Posted in National News, News | Read More »
शंकरनगरमा भुकम्पिय क्षती न्युनीकरण सम्वन्धी विशेष सचेतनाकार्यक्रम सम्पन्न
एपेक्स स्टुडेन्ट काउन्सिल र जाग्रिती युवा क्लव शङ्करनगरको संयुक्त आयोजनामा आज भुकम्पिय क्षती न्युनीकरण सम्वन्धी विशेष सचेतनाकार्यक्रम सम्पन्न भएको छ ।
जाग्रिती युवा क्लवका अध्यक्ष गोविन्द भुषालको सभापतित्व र संकरनगर गाविसका सचिव दिनेश अधिकारीको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा एपेक्स स्कुल संकरनगर का विद्यार्थीले तयार पारेको भुकम्पिय क्षेती न्युनीकरण संवन्धी ४० मिनेटको लामो भिडियो देखाईएको थियो । साथै सोही कार्यक्रममा जाग्रीती युवा क्लव संकरनगरले प्रकाशन गरेको नयां वर्ष २०७१ सालको वार्षिक क्यालेण्डरको विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधीहरु, आमा समुह, विभिन्न संघ संस्थाका प्रतिनीधी हरुको सहभागिता रहेको थियो । कालिका युवा क्लव कालिकानगरका अध्यक्ष राजिव मल्लले क्लवहरु एक आपसमा मिलेर सहकार्य गरी समाज परिवर्तन गर्नुपर्ने वताउनु भयो । प्रमुख अतिथी अधिकारीले भुकम्प पनि एउटा प्राक्रितिक प्रकोप भएकोले यसलाई रोक्न नसकेता पनि सावधानी अपनाएमा भकम्प आंउदा धनजनको क्षती हुनवाट वच्न र वचाउन सकिने वताउनु भयो । साथै वहाले सवैलाई सु-सुचित र समाजमा सचेतना मुलक कार्यक्रम प्रतुत गरेकोमा एपेक्स स्टुडेण्ट काउन्सिल र जाग्रिती युवा क्लव लाई धन्यवाद दिनु भयो । कार्यक्रम क्लवका सह-सचिव अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
8:12 PM | Posted in Local News, News | Read More »
तम्घासका विराट सुन्दरीजलमा मृत फेला, हत्या आशंका
हिमालयन ईन्जिनियरिङ्ग कलेज पाटनमा प्रथम वर्ष ईन्जिनियरिङ्ग पढ्दै गरेका भुसाल काण्माण्डौंको बुद्धनगरस्थित प्रिटोरिया होस्टलबाट चैत्र १९ गतेदेखि सम्पर्क विहिन भएका थिए । उनका आफन्त एवं नेपाल पत्रकार महासंघ गुल्मीका सचिव तारा भुसालका अनुसार विराटको फोन चैत्र १७ गते दिनैभर स्वीच अफ भएको थियो भने अर्को दिन १८ गते १ वजेको समयमा सम्पर्क भएको थियो । तम्घासको पुतली वजारस्थित हरिप्रसाद भुसालको छोरा विराटको पुर्खेयौंली घर अर्घाखााचीको मरेङ्ग ८ मा पर्दछ । उनको शव वौद्ध प्रहरीले सुन्दरीजलको जलविद्युत परियोजनाको ड्याममा फेला पारेको हो । शवको प्रकृति देख्दा उनको कसैले हत्या गरेको आशंका भएको उनका मामा लक्ष्माण फुल्देलले बताए । विराटको शव महराज गञ्ज स्थित टिचिङ्ग अस्पतालमा राखिएको छ ।
6:37 AM | Posted in National News, News | Read More »
हराएका नेपाली बाल मजदुर हेल्प नेपाली मिसनको सम्पर्कमा
उक्त ट्र्ष्टमा रहेका बालकहरुमा जगतपुर वार्ड नं। २ सिराह जिल्ला निवासी धनुकी यादवका छोरा अन्दाजी बर्ष १४ का जगेन्द्र कुमार यादव, सिलवारी वार्ड नं। ८ बौडाहा मोरङ्ग निवासी दयानन्द मण्डलका छोरा बर्ष ११ का कृष्ण मण्डल ट्र्ष्टमा रहेका बालकहरु मध्ये कृष्ण मण्डलको केहि समय पहिला मात्र ट्र्ष्टबाट मुटुको सल्यक्रिया समेत समेत गरिएको थियो भने सम्पर्कमा आएका बालकहरु मध्ये भैरहवा रुपन्देहीका अन्दाजी १४ देखि १५ बर्षका अमृत परियार रहेका छन् ।
ट्र्र्ष्टमा रहेका अन्य बालकहरुमा जगेन्द्र यादव १ महिनादेखि, कृष्ण मण्डल विगत ३ महिनादेखि र अमृत परियार विगत १५ महिनादेखि रहेका छन् भेटिएका बालकहरुमा अमृत परियार बोल्न नसक्ने र आफ्नो नाम लेख्न मात्र सक्छन् । भने अन्य बालकहरु बोल्न र लेख्न जानेका छन् ।
यसै गरि उक्त ट्र्ष्टमा रहेका नेपाली बालकहरुमा सन्तपुर रौतहट निवासी शंकर रामका छोरा बर्ष १३ का प्रकाश कुमार, रौतहट जिल्लाकै शंकर रामका छोरा बर्ष १४ का हरि कुमार र सपर दोस्टिया रौतहट ३ का बर्ष १२ का लाल मुहम्मद रहेका छन् । नेपालबाट प्रत्येक बच्चाहरुलाई ५० हजारका दरले मालिकले खरिद तीन बालकहरुलाई दिल्ली ल्याइ पुराएको र उनीहरुलाई दैनिक १८ घण्टा सम्म कठोर श्रममा लगाईने गरिएको थियो । बच्चाहरुलाई विगत डेढ महिनादेखि काममा लगाइएको कम्पनीबाट काम गदा गदै स्थानिय दिल्ली प्रशासनको सहयोगद्धारा निजहरुलाई उद्धार गरिएको थियो भने कठोर काममा लगाइएका बालमजदुरहरुको सम्वन्धमा स्वास्थ्य जांच गरि बाल श्रमिक मजदुर सम्वन्धी हाल अदालतमा मुद्धा चलिरहेको छ ।
आफ्नो घरबाट हराई एकाएक भेटिएका यि बालकहरु संग सम्पर्क गरि ठोस प्रमाणका साथ प्रमाणित कागजात ल्याई जिम्मा लिन हेल्प नेपाली मिसनका अध्यक्ष कवि कार्कीले उनीहरुका अभिभावकहरुलाई आग्रह गरेका छन् ।
7:45 PM | Posted in National News, News | Read More »
निशुल्क स्वास्थ्य तथा आखा शिविर सम्पन्न
भैरहवा, २८ चैत्र । जेष्ठ नागरिकहरुको लागी १ दिने निशुल्क स्वास्थ्य तथा आखा उपचार शिविर पोखरभिण्डीमा सम्पन्न भएको छ ।
अन्य लक्षित वर्गको बजेट मध्ये आर्थिक बर्ष २०७०/ ०७१ का लागी जेष्ठ नागरिकहरुका लागी विनियोजित बजेटबाट पोखरभिण्डीका जेष्ठ नागरिकहरुको लागी स्वास्थ्य तथा आखा उपचार शिविर सम्पन्न भएको पोखरभिण्डी का गाविस सचिव लेखनाथ अर्यालले जनाए ।
पोखरभिण्डी गाविसको आयोजनामा सम्पन्न उक्त शिविरमा गाविसका १ सय भन्दा बढी सेवाग्राहीले फाईदा लिएको कार्यक्रम संयोजक राधेश्याम विश्वकर्माले बताए । शिविरमा पोखरभिण्डी उप स्वास्थ्य चौकीका ईन्चार्ज राम नेवास चौधरीले स्वास्थ्य र भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स को आखा बिभागका चिकित्सक दिलिप कुमार यादवले आखा उपचारको सेवा दिएको आयोजक गाविसका गाविस असई राजकुमार मिश्रले जनाए ।
7:41 PM | Posted in National News, News | Read More »
रुपन्देहीको चिल्हिया पूर्ण खोप गाविस घोषणा
रुपन्देहीका बिभिन्न गाविसहरुलाई पूर्ण खोप गाविस घोषणा गर्ने क्रम बढदो छ । यसै क्रममा चिल्हिया पनि पूर्ण खोप गाविस घोषणा भएको छ ।
शुक्रबार चिल्हिया स्वास्थ्य चौकी सञ्चालन तथा ब्यावस्थापन समितिले भब्य कार्यक्रमको आयोजना गरि चिल्हिया लाई पूर्ण खोप गाविस घोषणा गरेको हो । पूर्ण खोप गाविस घोषणा कार्यक्रममा बोल्ने वक्ताहरुले आजका बालबालिका भोली नेपाल चलाउने देशका कर्णधार भएकोले यिनिहरुको स्वास्थ्यमा अभिभावकले बिशेष ध्यान दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका स्थानिय बिकास अधिकारी पेशल कुमार पोखरेलले उपचार गर्नुृ भन्दा राम्रो रोग लाग्न नै नदिनु भएको बताउदै रोग रोकथामको लागी प्रत्येक बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताए । खोप सेवा नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको र बाल मृत्युदर तथा विरामी दर घटाउनमा खोप कार्यक्रमको महत्वपूर्ण योगदान रहेको र खोप सेवा प्रत्येक बाल बालिकाको नैर्सगिक अधिकार भएको पोखरेलले जिकिर गरे ।
राष्ट्रिय खोप कार्यक्रममा हाल सञ्चालन गर्दै आएका खोपहरु एक बर्षको उमेर भित्र बिसिजि एक मात्रा, डिपिटीहेव— हिव तीन मात्रा, पोलियो तीन मात्रा र दादुरा रुवेला एक मात्रा खोप लिएका शिशुलाई पूर्ण खोप लिएको शिशु मान्ने गरिएको चिल्हिया स्वास्थ्य चौकी संचालन तथा ब्यावस्थापन समितिका सदस्य सचिव भाष्कर आत्रेयले जनाए ।
“पूर्ण खोप गाविस भन्नाले १२ देखि २३ महिनाका बालबालिकामा सर्वेक्षण गर्दा सबै बालबालिका एक बर्षको उमेरभित्र पूर्ण खोप प्राप्त गरेको गाविसलाई बुझिन्छ ” आत्रेयले भने । गाविसका १२ देखि २३ महिना भित्रका १ सय ५९ जना बालबालिकाहरु पूर्ण रुपमा खोप लगाएकोले पूर्ण खोप गाविस घोषणा गरिएको आयोजकले जनाए । पूर्ण खोप गाविस घोषणा हुन सघाउने बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
7:31 PM | Posted in National News, News | Read More »
३१ सय तिर्न नसक्दा मरेपछि ३ छोरा छोरी र श्रीमतीको बिचल्ली
रासन पसलको ३१ सय ५० रुपैंयाँ तिर्न ढिलाइ भएपछि पोखरेलले पसलेको धम्की खेप्नुपरेको र बिहीबार दिउँसो आफ्नै कोठाभित्र फ्यानमा श्रीमतीको सलको पासो बनाउँदै झुण्डिएर आत्महत्या गरेको स्थानीय नेपाली स्वयमसेवीले बताए । रमेश उनकी पत्नी दुर्गा र तीन छोराछारीका साथमा बस्ने भएपनि कोठामा कोही नभएको मौकामा उक्त घटना भएको अखिल भारत नेपाली एकता मञ्चका आरबी खड्काले बताए । मथुरारोडको एक चश्मा कम्पनीमा काम गर्ने रमेशले मासिक ५५ सय रुपैंया तलब पाउँथे ।
एक दशकअघि रोजीरोटीको खोजीमा अर्घाखाँचीबाट दिल्ली आएका रमेशका तीन सन्तान छन् । ‘नजिकैको किराना पसलबाट चामल, नूनतेल ल्याएको बिल रहेछ,’ मञ्चका खड्काले भने, ‘दुइ दिन अघि गरिएको पसलेको कागजनामामा ४९ सय ऋणमा अरु तिरेर ३१ सय ५० रुपैंया तिर्न बाँकी रहेछ । पसलेले तुरुन्त नतिरेमा ज्यान लिने धम्की दिएकाले डराएर आफैं मृत्यु रोजेको प्रारम्भिक अनुसन्धानमा थाहा भएको छ ।’ पछिल्ला महिनामा श्रीमती दुर्गा पनि काममा जाने गरेको भएपनि आर्थिक बिपन्नताका कारण यी दम्पत्तिले मुश्किलले जीवन बिताइरहेका थिए । मञ्चसम्बद्ध खड्काले मृतक पोखरेलको शुक्रबार स्थानीय वीके अस्पतालमा पोष्टमार्टम पुरा भएपछि अपरान्ह अन्तिम संस्कार समेत गरिएको जानकारी दिए । बेखर्ची रहेका श्रीमती पोखरेल र उनका तीन छोराछोरीलाई अर्घाखाँची गाउँ पठाउन नेपाली सहयोगी संस्था एवं शुभेच्छुकबाट पैसा संकलन थालिएको समेत खड्काले जानकारी दिए ।
7:27 PM | Posted in Local News, News | Read More »
रेडवुल लिग जिल्ला स्तरीय फुटबल युथ युनियन रातोलाई उपाधि
6:52 AM | Posted in News, Sport | Read More »
स्याङ्जामा यस बर्ष २९ करोडको सुन्तला उत्पादन
कार्यलयका अनुसार अनुकुल बातावरण र रोगको आक्रमण नहुनुका साथै असिनाको प्रभाव नपरेपछि गत बर्षमा भन्दा यस बर्षमा सुन्तलाको उत्पादन बढको हो । जिल्लाको १६ सय ४१ ह्ेक्टर क्षेत्रफल जमिनमा सुन्तला रोपिएको भएता पनि त्यस मध्ये ११ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकारी श्रीधर अधिकारीले बताए । अधिकारीका अनुसार सुन्तलाका लागि मौसम अनुकूल हुनुका साथै बगैचा व्यवस्थापन गरिएका कारण जिल्लामा सुन्तला उत्पादन बढेको हो ।
नेपालको तुलनामा अन्य जिल्लामा भन्दा स्या्जा जिल्लामा सुन्तलाको उत्पादन बढी हुन्छ । जिल्लाका पकड मानिने क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन भएको थियो । ‘जिल्लामा १०–१२ गाविस र नगरपालिकाका केहि २–४ वडाहरुमा सुन्तलाको पकड मानिने गरिन्छ । उक्त पकडमा सुन्तलाको राम्रो उत्पादन हुने गर्छ ।’ अधिकारी अधिकारीले बताए । ‘सुन्तला खेतीमा भविष्य मानिने भएपछि किसानहरु बढि उत्साहित भएका छन् । बाँझो भनेर केहि नगरी छाडिने जमिनमा पनि सुन्तलाको बेर्ना लगाएर सुन्तला खेत गर्न थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित भएका हुन ।’ कृषि विकास कार्यलयका प्राविधिक सहायक बद्धिप्रसाद लामिछाने बताउछन् । उनले भने ‘सुन्तला बाट राम्रो आम्दानी हुने प्रतिकेजी सुन्तला न्यूनतम ६०,७० रुपैयाँमा विक्री हुने भएपछि किसानहरु सुन्तलामा आकर्षित भएका हुन ।’ सुन्तलाको उत्पादन राम्रो भएतापनि सुन्तलाको मूल्य अन्य जिल्लाको तुलनामा पनी महँगो भएको स्याङ्जाबासीहरुको गुनासो रहेको छ ।
‘सुन्तला उत्पादमा कार्यलयले लगाएको अनुमान भन्दा ९ प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ ।’ जिल्ला सुन्तला उत्पादक संघका अध्ययक्ष बोधराज अर्याल भने ‘गत बर्षको भन्दा सुन्तला उत्पादन ४ करोडले बढी उत्पादन भएकोले कृषि विकास कार्यलयले समेत अनुमान लगाउन सकेको थिएन्’ जिल्लामा सुन्तलाबाट कृषकहरु पनि लाभान्वित रहेका छन् । स्वदेशमा मात्र नभई विदेशमा पनि सुन्तला निर्यात हुने भएपछि किसानहरुले सुन्तला खेतीमा उत्साह देखाएका छन् । सुन्तलामा दुख गरे अनुसारको मूलय पाएपछि बाझाँ खेतमा समेत सुन्तला खेती गर्न थालेका छौ कृषक मीनप्रसाद कोइराला बताउछन् । कोइरालाले भने ‘बर्षेनी तीन चार लाखको सुन्तला विक्री गर्छु जसमा दुख गरे अनुसारको मूल्य पाएको हुदाँ सुन्तलाबाट फाइदा हुने मानेपछि सम्पूर्ण बाँझो खेतमा समेत सुन्तला खेती गर्न थालेको छु ।’
6:41 AM | Posted in Economy, National News, News | Read More »
बस दुर्घटनामा १४ जनाको मृत्यु
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी २ भालुखोलामा लु १ ख ४९२४ नम्बरको बस बिहिबार बिहान दुर्घटना हुादा १४ जनाको ज्यान गएको छ । १२ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा ज्यान गएको पाल्पाका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । रात्रिबस दुर्घटनामा मृत्यु हुने सबै पुरुष छन् । घाइते ७ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष र युनाइटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।
पोखराबाट भैरहवाका लागि छुटेको बस राति करिब २ देखी २:३० बजेको समयमा सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । प्रहरीले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको बताएको छ । घटनास्थल अप्ठेरो र खोंचमा रहेकोले उद्दारमा कठिनाई भए पनि समयमा नै प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्दारमा खटेको थियो ।
6:30 AM | Posted in Local News, News | Read More »
न्यौपानेलाई अठार महापूराण वाचनको नया किर्तिमान
पाल्पा जिल्लाको रिङ्गनेरह गाउा विकास समिति वडा नं. ७ शिवमन्दिर धाममा सञ्चालित महायज्ञमा न्यौपानेले अठार पुराणको वाचन, व्याख्यान तथा प्रवचन गरेर सम्पन्न गर्नुभएको हो । मंगलबार १२ हजार श्लोक रहेको व्रम्हाण्ड महापुराणसागै अठार पुराणको वाचन कार्य सम्पन्न भएको हो । २०६७ सालदेखि आरम्भ गरेको यो महायज्ञ श्रीपञ्चमीका दिन साङ्यता गरी समापन भएको छ । जिल्ला विकास समितिका पूर्व सभापति प्रेमनाथ बस्यालले अठार पुराण वाचन कार्यतालिकाको आजै अनावरण गर्नुभयो । जिल्लाका साहित्यकार, वुद्धिजीवी, शिक्षक र राजनीतिज्ञहरुले न्यौपानेलाई बधाई दिन पूर्वखोला नै पुगेका थिए ।
न्यौपानेले यो तीन वर्षको अवधिमा देविभागवतसहित संस्कृत भाषामा रहेको ५ लाख श्लोकको वाचन र नेपालीमा व्याख्यान कार्य सक्नुभएको छ । उत्तरपश्चिम फर्केर बसेकी ८८ वर्षिय आमा गाथादेवि, ६० वर्षमाथिका गाउाले बाआमा र छिमेकीहरुले एउटै मण्डपमा बसेर शास्त्रको ज्ञान लिन पाएकोमा प्रसन्नता व्यक्त गरेका छन् । तीन दशक स्कुल र कलेजमा अध्यापन कार्य गर्नुभएका न्यौपानेले गुरुकुलको शैलीमा कथा सुनाउने गर्नुभएको थियो । आफ्नै बाबुले बनाएको आडामाथि पूराण राखेर दुनियाालाई कथा सुनाउनु न्यौपानेको एकप्रकारको अध्यापन नै हो ।
पूराण सुन्न आउने स्थानीय समुदायले चढाएको भेटीले मन्दिरमा धारा, पाकशाला, सभाहल निर्माण भएको छ । मन्दिरको संरचना, शौचालय र अन्य पूर्वाधार जोडिएका छन् । महायज्ञमा जम्मा भएको भेटीले मन्दिर बनाउने र वाचित धार्मिक ग्रन्थ आफैले पढाएको उद्बुद्ध कलेजलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यति बेलासम्म करिव १ लाख मूल्य पर्ने ग्रन्थ संकलन भएका छन् । हिन्दु धर्ममा अठार पुराणलाई चार वेदपछिको महत्वपूर्ण ग्रन्थ मानिन्छ ।
तरङ्ग साहित्य संगमले सिर्जनशील साहित्य शिविर पनि पूर्वखोलामै आयोजना गरेको छ । पाल्पा, रुपन्देही, गुल्मी र आसपासका करिव ५० जना साहित्यकार र पत्रकारहरुले यो शिविरमा भाग लिएका छन् । संगमले प्रत्येक वर्ष साहित्यकारहरुलाई नयाा स्थानमा यात्रा गराई स्थलगत रचना र वाचनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
11:31 PM | Posted in News | Read More »
नारायणी विकास समाजद्वारा विद्यार्थीलाई ज्याकेट वितरण
राप्रपा वि स्याउलीका ८० जना विद्यार्थी र राप्रपा वि तान्द्राङका ४४ जना विद्यार्थीहरुलाई जाडोबाट वच्ने एक एक थान ज्याकेट वितरण गरिएको नारायणी विकास समाजका अध्यक्ष क्याप्टेनसुर्यवहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी गाविस सचिव हकहित संघ चितवनका अध्यक्ष प्रद्युम्नकुमार खड्काले विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका भिमवहादुर गुरुङ र युवराज गुरुङ सहभागी थिए । चेपाङ,दलित र आदिवासीको वाहुल्य रहेको सो क्षेत्रमा जाडोका कारण विद्यालयमा विद्यार्थीहरुको उपस्थिती न्युन रहने भएकाले ज्याकेट वितरण गरिएको अध्यक्ष गुरुङले वताउनु भयो । ज्याकेट वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सुर्यवहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
10:52 PM | Posted in Local News, News | Read More »
प्रहरीले दर्ता गरेन करणी प्रयासको मुद्दा
नाबालिकालाई करणी प्रयास गरेको आरोपीमाथि प्रहरीले मुद्दा दर्ता नगरेपछि स्थानिय स्तब्ध छन् । गत माघ १२ गते विद्यालय जाादै गरेका दुई छात्रालाई करणी प्रयास गरेको आरोपमा हिरासतमा रहेका अनवर अलीलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले मुद्दा दर्ता नगरी रिहा गरेपछि स्थानिय स्तब्ध भएका हुन् ।
गत माघ १२ गते बिहान ९:१५ बजे विद्यालय गइरहेका दुई बालिकालाई लुम्बिनी आर्दश गाविसका ३५ वर्षीय अनवर अलीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा स्थानियले पक्राउ गरी ईप्रका लुम्बिनीमा बुझाएका थिए । आमा माविमा अध्ययनरत ती बालिकाहरु विद्यालय जाादै गर्दा गााउबाट पर एकान्तमा पुगे पछि पिछा गर्दै गएका अनवरले अभ्रद्र ब्यवहार गर्दै खेतमा पछारेका थिए । बालिकाहरुको हार गुहार सुनेर स्थानियहरुले उनलाई घटनास्थलमै पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । पिडितहरुका परिवारले ईप्रका लुम्बिनीमा गत माघ १४ गते बुझाएको जाहेरी प्रहरीले दर्ता गरेन ।
इप्रका लुम्बिनीका इन्चार्ज एवंम प्रहरी निरिक्षक अम्बिका प्रसाद गुप्ताले आफुले कुनै पनि हालतमा मुद्दा दर्ता नगर्ने बताई सकेकोले यस विषयमा केही नसोध्न अग्रह गरेको गत माघ १७ गते पीडितका साथ इप्रका लुम्बिनी पुगेका स्थानिय पत्रकार बिरेन्द्र मिश्रले बताए ।
यस सम्बन्धमा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापासगा सम्पर्क गर्दा उनले भने– “इप्रका लुम्बिनीका प्रहरी निरीक्षक गुप्ताले मलाई रिपोर्ट गरे अनुसार अनवर अलीले ती बालिकाहरुलाई जबजरजस्ती करणी गर्ने प्रयास गरेको होइन् ।” उनले थपे–“जबरजस्ती करणीको प्रयास नगरेपछि कसरी जाहेरी दर्ता गर्ने ।”
यता मुद्दा दर्ता नगर्ने प्रहरी विरुद्ध कडा कदम चाल्ने स्थानियहरुको भनाई छ । स्थानिय जुगुल त्रिपाठीले अपराध सहने पनि अपराधका भागी हुने भएको बताउादै अब प्रहरीले मुद्दा दर्ता नगरेर गरेको कानुनी अपराध आफुहरुले सहन नसक्ने बताएका छन् ।
10:01 PM | Posted in Local News, National News, News | Read More »




