|

प्रधान न्यायाधीश रेग्मी प्रधानमन्त्री बन्न तयार

१४ फागुन
आगामी २४ गते हुने विशेष इजलासको सुनुवाईसम्म अन्य प्रकृया मिलाउने र राजनीतिक सहमति गर्ने दलहरुको प्रतिवद्धतापछि प्रधान न्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व गर्न तयार भएका छन्। बालुवाटारमा भएको प्रमुख दलका नेताहरु र रेग्मीबीचको छलफलपछि प्रधानमन्त्री बन्न उनी तयार भएका हुन।

छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला र शेरबहादुर देउवा तथा एमालेबाट अध्यक्ष झनाथ खनाल र खड्गप्रसाद ओली सहभागी थिए।

Posted by Journalist Mukti on 9:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधान न्यायाधीश रेग्मी प्रधानमन्त्री बन्न तयार"

Leave a reply