कृषि सहकारीको बिस्तारमा जोड
किरणमान बज्राचार्य,कपिलवस्तु,कार्तिक २० - कृषि सहकारीको बिस्तार, खाद्य पोषणको आधार ” नाराका साथ ३२ औ बिश्व खाद्य दिवस कपिलवस्तुमा बिविध कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा जिल्ला कृषि कार्यालयद्धारा तौहिलवाम आयोजित कार्यक्रममा जीवनको आधारकोरुपमा रहेको खाद्यको परिपुर्ति कृषि सहकारीको बिस्तारबाट हुने कुरामा जोड दिईएको थियो ।
सो अवसरमा निबन्ध प्रतियोगीताका बिजयी बिद्यार्थी तथा उत्कृष्ठ २२ कृषकलाई नगद तथा प्रमण पत्र बितरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरले सहकारी मार्फत खाद्यन्नको उत्पादकत्व बढाउनु पर्ने बताए । परंपरागत कृषि प्रणाली हालसम्म अंगालेकाले खाद्यान्नको उत्पादन दर घटदै गएकाले नयाँ प्रबिधि, उन्नत बीउलाई अंगालेर मात्र उत्पादन बढानउ सकिने जिकिर गरे । सो अवसरमा स्थानीय बिकास अधिकारी राम प्रसाद पाण्डेयले जिल्लामा धान खेतीलाई मात्र प्राथमितामा राखीअ अन्य समयमा खेत बाझो राख्ने चलनले गर्दा कृषकहरुले यो पशेबाट लाभ लिन नसकेको उल्लेख गरे ।
“ कृषि सहकारीको बिस्तार, खाद्य पोषणको आधार बिषयक आधार पत्र प्रस्तुत गर्दै बाली संरक्षण अधिकृत बिष्णु काफ्लले खाद्य सुरक्षाका लागि समानुपातिक खाद्य बितरणको ब्यवस्था मिलाई सहकारीताको बिकास गर्नु पर्ने बताए । उनले उत्पादन तथा मूल्यमा हुने अस्थिरताका कारण मुलुकमा खाद्यान्न संकट बढी रहेको भन्दै जिल्लामा एक बर्ष पनि खान नपुग्ने ६ हजार ७४४ परिवार रहेका बिवरण प्रस्तुत गरेका थिए । सन १९७५ मा खाधान्न निर्यात गर्ने सुचीमा रहेको नेपाल मूल्य र उत्पादनमा तलमाथी भईरहेकाले खाधान्न संकट बढदै गएको उनको भनाई छ । जस्का कारण अहिले नेपालमा खाधान्न आयात गर्नु पर्ने स्थिती सृजना भएको छ ।
चामल, मकै, गहु लगायत खाधान्नको मूल्यमा उच्च बृद्धि भएकोले खाध्य सुरक्षामा यस्ले गंभीर असर पुर्याएको उनले जानकारी दिए । बढदो जनसंख्या, जलवायु परिवर्तन, परंपरागत कृषि प्रणाली, घटदो पशुपालन, कृत्रिम अभाव लगायत कारणले माग र उत्पादनमा समेत असर परेको उनको भनाई छ । अर्को तर्फ कृषि उत्पादन सामाग्रीको र सिंचाई अभाव, पशु पालन घटनु, माटोको उर्वरा शक्ति कम हुनु, बिषदीको बढदो प्रयोग, अबैज्ञानि कृषि, छाडा पशुपालन, कृषि क्षेत्रलाई अनुदान नदिनु लगाउयतका कारणले उत्पादनमा समेत ह्रास आईरहेको बताईएको छ ।
उता नेपाल किशान संघका जिल्ला अध्यक्ष चुर्तभुजमणि त्रिपाठीले मलखाद, उन्नत बीउ, सिंचाईको ब्यवस्था को माग गरेका थिए । जिल्लामा ८३ हजार खेतीयौग्य जमिन मध्ये २५ हजार हेक्टरमा मात्र सिंचाई सेवा भएको कारणले पनि आफूहरु मारमा परेको भन्दै उनले सिंचाई सेवा बढाउनु पर्ने माग गरेका थिए । कार्यक्रममा बढी अन्न बाली तरकारी लगायतका कृषि उपज उत्पादन गरे बापत जिल्लाका २० जना कृषकलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कृषि कार्यालयका प्रमुख खुस्र्रेद अहमद खाँको अध्यक्षता र महेन्द्र ओझाको संचालनमा भएको कार्यक्रममा पुष्पा रेग्मी, माया ज्ञवाली लागयतले बोलेका थिए ।