|

लुम्विनी टयाक्सी तथा भ्यान व्यवसायीको डेलीगेशन

बुटवल, कात्तिक  २० - लुम्विनी टयाक्सी तथा भ्यान व्यवसायी संघका पदाधीकारी तथा कार्यसमिती सदस्यहरुले पश्चिम क्षेत्रिय टफिक प्रहरी कार्यालय वुटवलका प्रहरी उपरिक्षक विभुतीराज पाण्डेलाई भेट गरी  गैर कानुनी रुपमा संचालन भएका रातो प्लेटका टयाक्सी तथा भ्यान संचालनमा रोक लगाउन आग्रह गरेका छन ।

सोमवार संघका अध्यक्ष शहदेव विक्रम शाहको नेतृत्वमा गएको डेलीगेशन टोलीले प्रमुख पाण्डेलाई भेटेर व्यवसायीका समस्याको वारेमा जानकारी गराएको थियो ।

रातो प्लेटका ति सवारी साधनले भाडामा यात्रु वोक्ने गरेको वताउदै उनिहरुले सार्वजनिक कालो प्लेटका टयाक्सी तथा भ्यान व्यवसायी मर्कामा परेको जनाएका हुन ।  भेटमा प्रहरी उपरिक्षक पाण्डेले भाडामा यात्रु वोक्ने निजी टयाक्सी तथा भ्यानलाई कारवाही गरी अवैध रुपमा संचालनमा हुन नदिने वताएको संघका सचिव केशव पराजुलीले जनाए । सहकार्यमा जनचेतना मुलक कार्यक्रम गर्न सकिने र गैरकानुनी कार्यलाई निरुत्साहीमा सहयोग पुग्ने प्रहरी उपरिक्षक पाण्डेको भनाई रहेको थियो ।

Posted by Butwalonline on 7:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्विनी टयाक्सी तथा भ्यान व्यवसायीको डेलीगेशन"

Leave a reply