|

बिजुली बत्तीको झिलिमिली प्रचलन बढ़ेपछि कोहार जातीको पेशा संकटमा

किरणमान बज्राचार्य,कपिलवस्तु ,कार्तिक  २० - तिहार आउन केही दिन मात्र बाकी रहे पनि माटोको सामग्री निर्माण गर्ने जातिकारुपमा परिचित कपिलवस्तुका कोहार र कसघडहरुको मुहारमा कुनै खुसीको लक्ष्णण देखिएका छैनन । चार बर्ष बर्ष अघि सम्म तिहारमा माटोका सामाग्रीहरुको माग अत्यधिक हुने गथ्र्यौ तर यति बेला मानिसहरु बिद्युतीय क्तिलीमिली बत्ती प्रति आकर्षित भए पछि उनीहरु निराश बनेका हुन ।

विद्युतिय सामाग्रीको बढदो प्रयोग संगै परम्परागत माटोको दियो तथा त्यसबाट बनेका अन्य सामाग्री विस्थापित हुदै गइरहेका छन् । नजिकिदै गरेको तिहारमा अत्याधि मात्रामा विक्रि हुने माटोका विभिन्न सामाग्रीहरुको विक्री यतिबेला न्यून सरह छ । माटोले बनेको दियोको स्थान विजुली बाट बल्ने झालरे लिएपछि त्यसमा आश्रित कोहार जाती अहिले निराश बनेका छन् । माटोको भाडा बनाएर चलाउदै आएका कपिलवस्तुका कोहार जातीहरुको यो पेशा आधुनिक तिहार संगै लोप हुने अवस्थामा पुगेको छ । बढि माटोका सामाग्र विक्री हुने तिहारको बेलामा समेत उपभोक्ताहरुले यस प्रति कम रुचि देखाएपछि उनीहरु चिन्तित बनेका हुन् । तिहारको बेला बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, गमला, गाग्री लगायतका सामाग्री अहिले न्यून मात्रामा विक्रि भएका छन् ।

प्लाष्टिक तथा विद्युतिय सामाग्री प्रति व्यक्तिहरुको चासो बढेपछि माटोले बनेको सामानहरुको विक्रि कम भएको कोहार समुदायको भनाई छ । ५ वर्ष अघि सम्म माटोको दियो बेचेर राम्रो आम्दानी हुने गरे पनि विद्युतीय प्लाष्टिकको झालर, मैनबत्ती र अन्य प्लाष्टिकको सामाग्रीको प्रचलन गाउ देखि शहर सम्म बढेपछि पेशा नै धरापमा परेको उनीहरुको गुनासो छ ।

५ वर्ष अघि सम्म तिहारको बेला माटोका सामाग्री बेचेर १० हजार सम्म आम्दानी गरेको स्मरण गर्दै कपिलवस्तु नगरपालिका– ९ का पुन्नवासी कोहार अहिलेको महगीमा झण्डै ५ सयको व्यापार हुन धौ धौ भएको भन्छन । भाडा बेचेका पैसाले आफ्नो परिवार संग राम्ररी दीपावली मनाउने सोच राखेका उहा विक्री न्यनू भएपछि निराश बनेका छन् । यता उपभोक्ताले माटोको दियो किन्दा महंगो पर्ने र एक पटक मात्र प्रयोगमा आउने हुदा यस प्रतिको आर्कषण घट्दै गएको बताउछन् । तौलिहवा की बिमला पौडेल दियोमा तेल हालि बाल्नुपर्ने र यो झालर भन्दा महंगो हुन जाने हुदा विद्युतिय सामाग्री नै उपयुक्त भएको उनको भनाई छ । “तेल १ सय ५० रुपैया लिटर सम्म पर्छ, दियो पनि महंगो भइसक्यो , झालर सस्तो र अर्को बर्ष पनि प्रयोग गर्न सकिन्छ” उनले भनिन ।

दुख कष्ट गरि बनाएको माटाका भाडाहरु विक्रि न हुदा ज्याला समेत गाह्रो हुने गरेको कोहारहरुको गुनासो छ । शहर बजारमा त झिलीमिली बत्तिले गर्दा विक्रि भएन गाउमा डुलाएर बेच्न खोज्दा अन्नपात संग पनि नसाटिने गर्दा अझ मारमा परेका छन् उनीहरु ।  स्वास्थ्यका हिसाबले पनि प्लाष्टिकका सामान हानीकारक र प्रदुषणयुक्त हुन्छन तर उपभोक्ताहरु सजिलो सस्तो र टिकाउ भन्दै  त्यतै तिर आर्कषित भइरहेको देखिन्छन् । माटोका भाडा बनाउने जातीका रुपमा परिचित कोहार जातीहरु पुखर््यौली पेशाले जीउ धान्न धौ धौ भएपछि उनीहरु बैकल्पिक पेशा अगांल्ने क्रममा छन् । तराइका कुम्हाले भनेर चिनिने यहाकाँ कोहार समुदायको जनसंख्या नेपालमै सबै भन्दा बढि छ । जिल्ला तथ्याङ्क कार्यालयका अनुसार हाल जिल्लामा कोहार समुदायको जनसंख्या १६ हजार बढि रहेको छ ।



फोटो विवरण:-बिक्री भएन ,माटोका सामाग्र विक्री नभएपछि निराश अवस्थामा कपिलवस्तुको तौलिहवा हाटबजारमा माटोको सामाग्र विक्री गर्न बसेका कोहारहरु ।
फोटो:- किरणमान बज्राचार्य

Posted by Butwalonline on 7:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिजुली बत्तीको झिलिमिली प्रचलन बढ़ेपछि कोहार जातीको पेशा संकटमा"

Leave a reply