तिहारको आगमनसंगै सालको पात बेच्न चटारो
किरणमान बज्राचार्य,कपिलवस्तु कार्तिक २०-कपिलवस्तुका उत्तरी भेगका बिपन्न थारु परिवारका महिलाहरुलाइ जंगलबाट सालको पात टिपी बिक्री गर्नै चटारो छ । तिहारको आगमनसंगै सालको पातको माग बढेकाले उनीहरुलाई यस्को बिक्री गर्न भ्याई नभ्याई भएको हो ।
दशैको विदाई संगै मुखैमा आएको नेपालीहरुको प्रमुख चाड तिहारले गाउँ शहर बजारमा रौनकता बढाएको संगै जिल्लाको धनकौली, जयनगर, मोतिपूर, बरकूलपूर लगायतका बिपन्न परिवारका महिलाहरु पनि सालको पात बढी मात्रामा बिक्री भए पछि हौसिएका छन् उनीहरु । तिहारमा देउसी भैलो खेल्नेलाई सिदा दिन होस वा चेलीबेटीले आ आफ्ना माइतीलाई मिठो परिकार खुवाउन सालको पात बाट बनेका दुना टपरीको प्रयोग अत्याधिक हुने गर्दछ । त्यसैले सालको पातको माग अहिले बढी छ ।
महिलाहरु यतिबेला दुना टपरी बनाउन व्यस्त छन् । यहि चलनले तिहारको आगमन संगै सालको पात बेचेर जीवन गुजारा गर्ने कपिलवस्तुका विपन्न परिवारको अहिले उत्साह बढाएको छ । २० वर्ष देखि राष्ट्रिय बन बाट सालको पात ल्याएर तौलिहवा बजारमा विक्रि गरि परिवार धान्दै आएकी जयनगर ६ बक्टापुरकी ४० वर्षिय अन्जनी चौधरीले तिहारको बेला सालको पात बढि विक्रि हुने बताईन् । अरु बेला भन्दा बढि आम्दानी भएपछि उनले सालको पात बेचेरै ११ जनाको परिवार संगै तिहार मनाउने योजना रहेको समेत उनले भनिन् ।
विहानै उठेर ८ किमी टाढा कुन्द्रे खोलाको जंगलमा गई पात टिप्न गई अर्को दिन १४ किमी टाढा सदरमुकाम गई बेच्नुपर्ने बाध्यता रहेको बताउदै सोहि गाउकी भगुरी थरुनीले बताइन् । पहिले घर नजिकैको जंगलमा थुप्रै सालका पातहरु पाइने बताउदै बढदो बन विनाशका कारण धेरै टाढा सम्म जानुपर्ने बाध्यता रहेको उनले भनिन् । पातको माग हरेक समयमा भएपनि तिहारको बेलामा दोब्बर हुने भएपछि आफूहरुलाई भ्याइ नभ्याई भएको उनीहरु बताउछन् । अन्य समयमा सरदर दुई सय आम्दानी हुने गरेता पनि अहिले पात बेचेरै ५ सय जति कमाई हुने गरेको उनीहरुको भनाई छ ।
घरमा कमाई गर्ने कोहि नभएकी बरकलपुरकी मझुरी थारु भन्छीन् “यहि पात बेचरे ४ सन्तानको गर्जो टार्दै आएकी छु त्यहि आम्दानीले परिवार संग तिहार मनाउने सोच बनाएकी छु । सेल, फिनी, अनरसा, दियोबत्ती, मिठो खाजा खाइ मनाइने तिहारको खर्च जुटाउन बुड्ढी गाविसकी पदमकुमारी वि.क. यतिखेर जंगलमा सालको पात टिपेर बजारमा बेच्न व्यस्त छिन् । १० वर्ष अघि क्यान्सरको रोगबाट श्रीमान गुमाएकी पदमकुमारीले सालको पात बेचेरै गुजारा चलाएको बताइन् । अहिले पातको माग बढि भएपछि यहि काम गरेको अन्य बेला भने गिट्टी कुट्ने महुवा संगाल्ने, दाउरा बेच्ने गरेको बताइन् ।
उनीहरुले पहिले प्रतिगत बर्ष सम्म मूठाको दुई रुपैयामा सालको पात बेच्ने गरेता पनि अहिले भने त्यसको मूल्य तीन रुपैया पर्ने बताउछन् । “सबैको भाउ बढ्यो यसको पनि त बढ्नै परयो” उनीहरु तर्क गर्छन । सदरमुकाम तथा मुख्य बजार क्षेत्र कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे लगायतका क्षेत्रमा अहिले सालको पात बेच्ने महिलाहरु प्रशस्त देखिने गरेका छन् ।
फोटो बिववरण:-बोरमा बोकेर सालको पात बिक्री गर्न जयनगर गाबिसको बक्डरीया गाँउबाट सुदरमुकाम तौलिहवा तर्फ जादै गरेकी थारु महिला
तस्बिर:-किरणमान बज्राचार्य