आमाको घरलाई ३ लाख सहयोग
काठमाडौं, कात्तिक २० - कपिलवस्तुको कृष्णनगर घर भइ अमेरिकाको ओक्लोहामामा बस्दै आएकी सम्झना कुँवरले बेसहारा महिलाका लागि दिलशोभा श्रेष्ठले काठमाडौंको रविभवनमा संचालन गरेको आमाको घरलाई तीन लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
आमाको घरमा आर्थिक अभाव भएको खबर थाहा पाएपछि अमेरिकामा टी सर्ट बनाएर बिक्री गरी संकलन गरेको तीन लाख १६ हजार आठ सय १० रुपैयाँ कुँवरले सहयोग गर्नुभएको हो ।
आमाको घरकी संचालिका दिलशोभा श्रेष्ठको टेलिभिजनमा अन्तर्वार्ता हेरेपछि दुई हजार डलर जुटाउने उद्देश्य सहित टी सर्ट बेचेकोमा लक्ष्य भन्दा धेरै रकम जुटेको सम्झनाका पिता टीकाबहादुर कुँवरले बताउनुभयो ।