नवलपरासीमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत
नवलपरासी , कार्तिक २० - पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार नवलपरासी आइपुग्दा स्थानीयले उनको स्वागत गरेका छन् । राजमार्गका ठाउ ठाउमा भेला भएका उनका सर्मथकहरुले पन्चैबजा बजाएर स्वागत गरेका हुन् ।
कावासोती, गैडाकोट, भेडावारीमा सर्वसाधारणले फुलमाला, अबिर र फलफुल लिएर स्वागत गरेका छन् । पुर्वपन्चहरुको संयोजनमा भएको स्वागत समितिमा कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरु पनि रहेका छन् । उनी मंगलबार भोली नवलपरासीको नजिक गोपालपुरमा निर्माण सम्पन्न भएको गोरखनाथ मन्दिरमा पुजा गर्न आएका हुन् ।
भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरद्वारा निमार्ण गरिएको उक्त मन्दिर उद्घाटनका लागि गोरखनाथका पिठाधीस आदित्यनाथले राजालाई निम्ता गरेका हुन । त्यहाँ राजाको स्वागतका लागि पुर्वपन्चहरु जुटेका छन् । नेपाली कांग्रेसका पूर्व सांसद देबेन्द्रराज कंडेलको पुर्खाले दिएको १ सय २५ बिगाह जग्गाको गुठीमा मन्दिर निमार्ण भएको हो । ज्ञानेन्द्र शाह सोमबार भैरहवा बस्ने र भोली बिहान नवलपरासीको सिमावर्ति गोपालपरमा आएर पुजा गर्ने छन् ।