लियो क्लव अफ बुटवल खस्यौली स्थापना
लक्ष्मण पोखरेल,बुटवल, कात्तिक २० - बुटवलमा रहेको लायन्स क्लव अफ बुटवल खस्यौलीले लियो क्लव अफ बुटवल खस्यौली स्थापना गरेको छ ।
नयाँ स्थापित क्लवको सोमबार एक कार्यक्रमका बिच ईन्टलेसन गरिएको छ । सो क्लवको ईन्टलेसन लायन्स क्लवका डिष्ट्रिक गभर्नर शेम शाक्यले गर्नुभएको हो । आदर्श श्रेष्ठको अध्यक्षतामा गठित ४५ सदस्यीय समितीको प्रथम उपाध्यक्षमा दिनेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अन्जन विक, तृतीय उपाध्यक्षमा बिराज जोशी, सचिवमा विवेककुमार कसौधन, सहसचिवमा गंगा राना, कोषाध्यक्षमा अनिल पाण्डे, सहकोषाध्यक्षमा अजित बक्श रहेका छन ।सोही अवसरमा यस क्षेत्रबाट लियो डिष्ट्रिकमा प्रतिनिधित्व गरेका अनिलप्रसाद श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष राजेन्द्र बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ ३२५ बि २ का डिष्ट्रिक गभर्नर शाक्य, महेन्द्रनारायण श्रेष्ठ, जोन चेयर पर्सन अर्जुनमान सैजु, लियो डिष्ट्रिक गभर्नर राजेन्द्र श्रेष्ठ, लियो डिष्ट्रिकका अनिलप्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक, ज्ञानेन्द्र कसजु, नव गठित क्लवका अध्यक्ष श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजु पौडेलले गर्नु भएको थियो ।