अरिङ्गालको टोकाइबाट १ को मृत्यु
अर्घाखाँची, कात्तिक २० - अर्घाखाँचीको किमडाडा गाविसमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । किमडाडा गाविस वडा नं. १ निबासी अन्दाजी बर्ष ३० का लक्ष्मण थापाको अरिङगालको टोकाइबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
घर नजिकैको डुम्रे आँपका रुख भन्ने ठाउँमा अरिङ्गाल पोल्ने थापालाई अरिङ्गालले टोकेको थियो । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको स्थानीय शिक्षक कमल भुषालले जानकारी दिनुभयो ।