|

ट्रक दुर्घटनामा चालकको मृत्यु

दाङ,कात्तिक २० - दाङमा ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटना अन्य एकजना घाइते भएका छन् । घोराही सिमेन्ट उद्योगको क्लिङकर लिएर दाङवाट भैरहवा जाँदै गरेको लु १ ख ४३७५ नम्बरको ट्रक सोमवार बिहान घोराही लमही सडक खण्डको चौपट्टा नजिकै ब्रेकफेल भएर दुर्घटना हुँदा ट्रक चालक रमेश चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ट्रकका सहचालक कैलाली सुगरखालका सुनिल देवकोटाको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

Posted by Butwalonline on 6:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रक दुर्घटनामा चालकको मृत्यु"

Leave a reply