|

लुम्बिनी बिकासकोषको झाडी भित्र एक युवकको शव फेला

बिन्दुकुमार चौहान,लुम्बिनी २० कार्तिक । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा दानपात्रबाट रकम चोरी भएको साता बित्न नपाउदै फेरि एक युवकको बेवारिसे शव फेला परेको छ ।

लुम्बिनी तौलिहवा सडकखण्ड हडहवा पुल नजीकै खोला किनारमा लुम्बिनी बिकासकोषको झाडी भित्र कालोजिन्स पाईन्ट टिसर्शट लगाएको अन्दाजी ३५ बर्षीय युवक मृत अवस्थामा शव फेला परेको ईप्रका लुम्बिनीले जनाएको छ ।

आवश्यक अनुसन्धानका लागि ती बेवारिसे लाशलाई भीमअस्पताल भैरहवामा पोष्टमार्टमको लागि पठाईएको ईप्रका लुम्बिनीका प्रनि धर्मबहादुर भण्डारीले बताउनु भएको छ ।

यो समाचार तयार पार्दा सम्म बेवारिसे शवको कसै द्वारा सनाखत हनसकेको छैन भने बिश्वशान्ति केन्द्र लुम्बिनीमा धार्मिक क्रियाकलाप भन्दा अघोषित यौन ब्यवसाय, चोरी लूटपाट, तथा भ्रष्टाचार लगायत बिभिन्न आपराधिक गतिबिधीको शिकार ती युवक हुन सक्ने आशंका गरिएको छ ।

यस अघि पनि गतबर्ष एक बिदेशी नागरिकको शवफेला परेको थियो भने केही बर्ष अगाडी लुम्बिनी बिश्वशान्ति स्तूपाका भिक्षु नवात्मेको आपराधिक गिरोह द्वारा गोलीहानी निर्मम हत्या समेत गरिएको थियो ।

बिश्वसम्दा सूचीकृत लुम्बिनीमा बिशेष शान्तिसुरक्षा पुरयाउन नेपालप्रहरी , सशस्त्रप्रहरी तथा लुम्बिनी बिकास कोषका सुरक्षागार्ड खटिए पनि आपराधिक क्रियाकलाप बढीरहेको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रलाई लुम्बिनीको सुरक्षाप्रति ध्यानाकर्षण समेत गराएको अन्र्तराष्ट्रिय बौद्धसमाजका अध्यक्ष भिक्षुमैत्रेयले बताउनु भएको छ ।

Posted by Butwalonline on 8:04 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी बिकासकोषको झाडी भित्र एक युवकको शव फेला"

Leave a reply