गज़ल
संयोग र वियोगको,मेल हो कि जीवन
***********************************
संयोग र वियोगको,मेल हो कि जीवन
सुकिहाल्ने बर्षातको,भेल हो कि जीवन
मरी मरी दुख गर्यो,सुख शान्ति छैन
बाध्यता र विवसताको,नेल हो कि जीवन
गर्न पनि नसकिने,हेरी छाड्न भेन
बन्धन र व्यवधानको,जेल हो कि जीवन
यता टाल्यो उता टाल्यो,जता ततै प्वाल
समय र नियतिको,खेल हो कि जीवन
घाम सोचे पानी पर्ने,दिन सोचे रात
प्रकृति र विधाताको,झेल हो कि जीवन
copy right @कोमल भट्ट,
हाल:-न्युयोर्क,अमेरिका
१९ कार्तिक ,२०६९
***********************************
संयोग र वियोगको,मेल हो कि जीवन
सुकिहाल्ने बर्षातको,भेल हो कि जीवन
मरी मरी दुख गर्यो,सुख शान्ति छैन
बाध्यता र विवसताको,नेल हो कि जीवन
गर्न पनि नसकिने,हेरी छाड्न भेन
बन्धन र व्यवधानको,जेल हो कि जीवन
यता टाल्यो उता टाल्यो,जता ततै प्वाल
समय र नियतिको,खेल हो कि जीवन
घाम सोचे पानी पर्ने,दिन सोचे रात
प्रकृति र विधाताको,झेल हो कि जीवन
copy right @कोमल भट्ट,
हाल:-न्युयोर्क,अमेरिका
१९ कार्तिक ,२०६९