|

सफल पोखरा कपमा हिमालयन शेर्पा सडेन डेथमा सेमिफाइनलमा

पोखरा, कात्तिक २० - हिमालयन शेर्पा क्लव सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा सोमवार भएको खेलमा बंगलादेशको २३ वर्षमुनीको राष्ट्रिय टोलीलाई सडेन डेथमा हराउँदै हिमालयन शेर्पा क्लव सेमिफाइनलमा पुगेको हो । यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो ।

२५ औं मिनेटमा आत्मघाती गोल गरेर एक शून्यले पछि परेको हिमालयन शेर्पाले ४८ औं मिनेटमा बराबरी गोल गरेको थियो । उसका लागि शशिन्द्र धिमालले गोल गरेका थिए ।

त्यसपछि थपिएको अतिरिक्त समयमा दुवै टिमले गोल गर्न सकेनन् । टाइब्रेकरमा दुवै टिमले ४–४ गोल गरे पछि खेल सडेन डेथमा पुगेको थियो । मच्छिन्द्र फुटबल क्लव र कोलकाता पोर्ट ट्रष्टबीच मंगलवार हुने खेलको विजेतासँग हिमालयनले विहीवार प्रतिस्पर्धा गर्ने छ ।

Posted by Butwalonline on 8:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सफल पोखरा कपमा हिमालयन शेर्पा सडेन डेथमा सेमिफाइनलमा"

Leave a reply