आईसीयुको अभाव शिशुको मृत्यु
गत असोज २४ गते सुत्केरी ब्याथा लागेर ल्याईएको उनलाई चिकित्सकको सल्लाह अनुसार नै अप्रेशन गरिएको परिवारले जनाए । आफुहरुले उपचारको लागि मिरालाई बाहिर लैजान तयार थियौ तर जिल्ला अस्पतालका डाक्टरहरुले यही उपचार हुने भन्दै राखेको मिराका जेठाजु लक्ष्मणले बताए । उनले भने “हामी यहाा नभए थप उपचारको लागि बाहिर लान्छौ भन्दाडाक्टरले यही उपचार हुन्छ भने पछि उनीहरुको विश्वासमा पऱ्यौ । भैरहवा लग्नका लागि एम्बुलेन्समा चढेको बिरामीलाई पनि झारेर यही उपचार गराउदा आफनो भतिजाले अकालमा ज्यान गुमाउनु परेको उनले गुनासो गरे । डाक्टर पोमावती थापा र सबित सुनुवारले २५ गते दिउासो अप्रेशन गरी बच्चा निकालेका थिए । अप्रेशन पछि नवजात शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई मेडिकल कलेज भैरहवा लग्न भनिए पछि परिवारले भैरहवा लगेका थिए ।
आईसीयुमा राख्नु पर्ने शिशुको आईसीयु वार्ड खाली नभएपछि उनलाई मणिग्रामको क्रिम्सन अस्पताल पुरयाईएको र त्यहा पनि आईसीयुको ब्यवस्था नभएको लक्ष्मण कोहारले बताए । त्यसपछि आईसीयुको लागि बच्चालवाई लुम्बीनी अञ्चल अस्पताल, आम्दा अस्पताल लगायत बिभिन्न अस्पताल लग्दा समेत आईसीयु उपलब्ध हुननसके पछि परिवारले पुन: तौलिहवा अस्पताल फकाईएका थिए । सोही दिन उनको सााझ मृत्यु भएको परिवारको भनाई छ । आईसीयुको अभाव तथा डाक्टरको समयमा नै निर्णय दिन नसक्दा बच्चाको मृत्यु भएको परिवारजनको आरोप छ । आई सि युका लागि डेढ दिन चाहार्दा पनि पाईएन अन्तमा बच्चाको ज्यान समेत गएको उनको भनाई छ । लापरबाही गर्ने डाक्टरमाथी कारबाही तथा क्षतिपुर्तिको परिवारजनले माग गरेका छन् ।
बच्चाको मृत्यु बारेमा आमा मिरालाई अस्पतालले अझै जानकारी गराएको छैन । बच्चा मरी सकेको भए पनि आफ्नो बच्चा जिउादै रहेको आमा मिराको आशा छ । श्रीमान बुद्धीसागर बम्वईमा कामको सिलसिलामा रहेकाले आज आउने मिराले बताईन् ।
उता अस्पतालका डाक्टर सबित सुनुवारले भने बच्चाले पेटमा रहादा नै पेटमा रहेको अबस्थामा दिसा गरेकोले अबस्था गम्भीर रहेको बताए । जिल्लामा आईसीयु र ब्लड बैंक नहुादा समस्या आएको उनको भनाई छ । गत असार देखि अस्पतालमा अप्रशनबाट बच्चा जन्माउने सेवा शुरु गरिएको थियो । त्यस यता चार जनाको अप्रेशनबाठ बच्चा निकालिएको छ । त्यस मध्ये तीन बच्चा अभझै बाचेका छन् । बल्ड बैंक र आई सि युको अभाव रहेको अस्पातलमा बच्चा जन्माउनु खतरा हुने यो घटनाले पुष्टी भएको स्वास्थ्यकर्मीको भनाई छ ।
फोटो बिवरण : तौलिहवा अस्पतालमा अप्रेशनद्धारा बच्चा जन्माईए पछि आराम गर्दै मीरा । छोराको मत्यु बारे उनी बेखबर छिन ।

