आर्थिक अभावका कारण समयमै उपचार नपाएर एक महिलाको म्रत्यु
गुल्मी,असोज २८- रकम अभावका कारण कारण समयमै उपचार नपाएर गुल्मीको ह्वाङ्दी गाविसमा एक महिलाको ज्यान गएको छ । ह्वाङ्दी गाविस वडा नं. ९ जुकेनाकी ४६ वर्षीय श्रीमती अमृता घर्तीको आज दिउँसो मृत्यु भएको हो ।
ज्वरोले ९ दिनसम्म थला परेकी अमृताको आज विहान उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको स्थानीय प्रेम घर्तिले जानकारी दिनुभयो । एकहप्ता अगाडि उपचारका लागि जिल्ला अस्पताल तम्घासमा २ दिनसम्म भर्ना गर्दा पनि निको नभएपछि अस्पतालले थप उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा लैजान सुझाव दिएको उहाँले बताउनुभयो ।
