चौधरी समूहको सिजी कम्पनीमा भीषण आगलागी
काठमाडौं, असोज २८- राजधानीको सतुङ्गलस्थित चौधरी समूहको सिजी कम्पनीमा भीषण आगलागी भएको छ। साँझ साढे ५ बजे सल्किएको सो आगो नियन्त्रणमा ल्याउन ठूलै प्रयास भइरहेको छ। उपत्यकामा रहेका चारवटा दमकल र स्थानीय खानेपानी ढुवानीका टयाङ्कहरुले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन्।
सो कम्पनीमा विभिन्न कम्पनीका रफ्रिजेनेरेटर, टिभी, मोबाइल सेटहरुको जडान हुने गरेको छ। आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालन भएका छन्। कम्पनीमा आगलागी भएपछि वरपरका बासिन्दासमेत आतङ्कित भएका छन्।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। लोडसेडिङको समयमा भएकाले आगलागी नियन्त्रण गर्न कठिनाइ भइरहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।
उद्योगमा काम गर्ने एक कामदारले आफ्नो नाम नबताउने शर्तमा भने, 'साँझ साढे ५ बजे एक्कासी धुवाँको मुस्लो आकाशमा देखिएपछि मात्र हामीलाई आगलागी भएको थाहा भयो।' रासस
स्रोत :नागरिक न्यूज
