मजदुर विशेष निर्वाचन क्षेत्र उपशाखाको प्रथम प्रशाखा सम्मेलन
पोखरा,२८ असोज,एकिकृत ने.क.पा (माओवादी) मजदुर विशेष निर्वाचन क्षेत्र उपशाखाको प्रथम प्रशाखा क को सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनले हरि खड्का अध्यक्ष र दिपक लम्साल सचिव रहेको २१ सदस्यिय नयाा कार्यसमिति चयन गरेको छ ।
कार्यसमतितिका सदस्यहरुमा ,राम न्यौपाने ,नविन धमला,पुर्ण थापा,धरासिंह गुरुङ ,जीतबहादुर थेबे,सोम गुरुङ्,राजु सुनारी,कृष्णकुमारी गुरुङ्,अनिता खत्री,राधाप्रसाद गुरुङ्,सुरेश पौडेल,सुकबहादुर गुरुङ्,रिदेवी पाईजा ,रमण गुरुङ,नवराज गिरी,देवेन्द्र पौडेल र रमेश गुरुङ चयन हुनुभएको छ ।
सम्मेलनले राम न्यौपाने,देवकी रम्तेल र राधाप्रसाद गुरुङलाई जिल्ला प्रतीनीधीहरुमा चयन गरेको छ । त्यसैगरी पवेक्षकमा नविन धमला चयन हुनुभएको एनेकपा माओवादि तमुवान राज्य सम्मेलन आयोजक समितिका सदस्य राजेन्द्र न्योपानेले जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन मन्तव्य राख्नु हुदौ कार्यक्रमका प्रमुख अतिथि तथा एकिकृत ने.क.पा माओवादीका केन्द्रिय भेला आयोजक समिति सदस्य राजकाजी तमू करणले समग्र देशलाई नेतृत्व दिने योजनाको जरुरी रहेको बताउनु भयो । “हामी देशको जिम्मेबारी पार्टाीका कार्यकर्ता भएकाले अहिलेको जिम्मेबारी कसरी देशलाई परिवर्तन गर्न सकिन्छ भन्ने हो” नेता करणले भन्नु भयो ।
विगतमा पार्टीले लिएको संघर्षको कार्यदिशामा नै पार्टी अगाडि बढ्ने बताउदै उहााले अहिले पनि आफुहरु मजदुरको साथ साथै यात्रा गर्न तयार रहेको धारणा राख्नु भयो । अखिल नेपाल मजदुर संगठन तमूवान संयोजक खगेन्द्र काफ्लेले मजदुरहरु संगठित भएर आगडि बढ्न जरुरी रहेको बताउनु भयो ।
