गुल्मी र पाल्पा जोड्ने पूल जिर्ड बन्दै

मुक्तिप्रसाद न्यौपाने
भदौ ८, गुल्मी
खोला तथा नदीमा पुल नबन्दा धेरै मानिसलाई खोलाले बगाएको घटना घट्ने गर्दछन् तर गुल्मी जिल्लामा भएको झलुङ्गे पुललाई संरक्षण गर्न पहल नगर्दा ५ दशक अगाडि निर्मित पुल यतिखेर खण्डहरमा परिणत हुन पुगेको छ ।
गुल्मीको प्रवेश द्धार तथा प्राचीन कालमा प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको रिडीमा २०१६ सालभन्दा पहिला निर्मित झोलुङ्गे पुल यतिखेर चौतर्फीबाट बेवास्ता हुँदा खण्डहरमा परिणत भएको हो ।

गुल्मी पाल्पा जोड्नेगरी रिडीखोलामा निर्मीत गुल्मी पाल्पा स्याङ्जा, पर्वत, बाग्लुङ्ग, प्यूठान, मुस्ताङ्ग जिल्लाका पैदल यात्रुलाई सहज रुपमा आवत जावत गर्न निर्माण गरिएको थियो । तात्कालिन समयमा बुटवलदेखी निर्माण सामाग्री घोडा, खच्चड र मानिसद्धारा ढुवानीगरी निर्मित पुलको विकलपामा पक्की पूल निर्माण भएकाले नै संरक्षण विहिन हुन पुगेको हो । दैनिक रुपमा एक हजारभन्दा बढी यात्रुलाई जोखीमबाट जोगिएको पुलका फलिया, फलामका पाता सबै पानीले ध्वस्त बनाएको छ, धेरै पटक धेरै वालवालिका पुलबाट सखी सकेका छन् तर स्थानीय निकाय, गाउँ विकास समिति, जिल्ला विकास समितिले संरक्षण गर्न तर्फ कुनै पहल नगरेकोमा स्थानीय बासीन्दा आक्रोशित बनेकाछन् ।

गुल्मी जिल्लाको रुरु–पाल्पा जिल्लाको अर्गली गाविस जोड्ने पुललाई मर्मत गर्ने कुनै निकायनै नभएको भन्दै स्थानीय वासीन्दा मघु न्यौपाने भन्दछन् पुलबाट आफ्नै बच्चा खसेर मृत्युको मुखबाट फर्कीएको बताउँदै समयमा मर्मत नभए ठूलो दुर्घटना निम्त्याउन सक्ने छ ।

11:43 AM | Posted in , , | Read More »

सुत्केरी खर्चको एक हजार रुपैयाँले अस्पतालमा सुत्केरी बढे

मुक्तिप्रसाद न्यौपाने
भदौ ८, गुल्मी
गत आर्थिक वर्षको अवधिमा ७ सय २० जना महिलाहरु गुल्मी जिल्ला अस्पतालमा सुत्केरी भएका मध्ये ५३ जना महिलाहरुको शल्यक्रिया गरिएको छ । अस्पतालमा सुत्केरी गराउँदा यातायात शर्च वापत प्राप्त हुने एक हजार रुपैयाँ दिने र सबै सेवा सुविधा निशुल्क उपलब्ध हुनाले हो भन्छन्, गुल्मी जिल्ला अस्पतालका डाक्टर एवं क्लिनिक प्रोग्राम कोडिनेशन कासीम शाह ।

साधारण उपचारका लागी पाल्पाको तानसेन बुटवलसम्म पुगेर आफ्नो स्वास्थ्य परीक्षण गर्नेहरु यतिखेर जिल्ला अस्पतालमै लाइन लागेर पालो कुरेर उपचार गराउने गर्दछन् । नेपाल सरकार स्वास्थ्य विभागले निर्धारण गरेको औषधी अस्पतालमा निशुल्क हुनु ल्याव, भिडीयो एक्सरे जस्ता सेवाहरु सहज रुपमा उपलब्ध हुन लागेपछि विरामकिो चाप बढेको हो ।
एक जिल्ला अस्पाताल, ४ प्राथमिक स्वास्थ्य केन्द्र, १२ इलाका स्वास्थ्य चौकी ६४ उपस्वास्थ्य चौकीबाट गुल्मीका जनताले स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्न लागेपछि महङ्गो पैसा तिरेर नीजि स्वास्थ्य परिक्षण गर्नेहरुको संख्या अत्यन्त न्यून रुपमा रहेको छ ।

दैनिक रुपमा १० देखि २० जना त्यसैमाथि गरिब तथा विपन वर्गका रोगी तथा विरामीहरुको स्वास्थ्य परिक्षण गर्ने गुल्मी जिल्ला अस्पतालले दैनिक तीनसयभन्दा बढी रोगी तथा विरामीहरुको स्वास्थ्य परिक्षण गर्न लागेको छ ।
अस्पतालका भवन तथा भौतिक पूर्वाधारहरु पुरानै भएपनि अस्पतालबाट प्राप्त हुने सेवा सुविधा आधुनिक तथा सुविधा सम्पन्न हुनु पर्याप्त मात्रामा स्वास्थ्य प्राविधिक हुनु जस्ता कारणले गर्दा अस्पतालमा उपचार गर्न आउने रोगी तथा विरामीको संख्या बढेको हो ।

आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यान राख्दै मातृ, बाल मृत्युदर घटाउने सरकारी नीति तथा कार्यक्रम अन्तरगत जिल्ला अस्पतालमा जनरल वार्डमा १८, प्रसुति २÷२ वटा परिक्षण, ५ वटा तैयारी, २ वटा अम्वजर वेडको सुविधा भएको अस्पतालमा दैनिक १५ देखी २० जना गर्भवती महिलाहरुले आफ्नो स्वास्थ्य परिक्षण गराउने गर्दछन् ।
सुरक्षित मातृत्वको कार्यक्रम गुल्मी जिल्लामा लक्ष्यभन्दा बढीनै प्रगती भएको छ अस्पतालमा नै गएर सुत्केरी गराउनु पर्दछ भन्ने चेतनामा विकास भएका कारण महिलाहरुको संख्या बढेको हो ।

11:33 AM | Posted in , | Read More »

About Gulmi District

गुल्मी जिल्ला

 शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनैतिक रुपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका र ७९ गा.वि.स. मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ । छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाको ७९ गाबिसहरुमा कच्ची मोटरबाटोबाट यातायात सञ्चालन भै रहेको छ । यस जिल्लाको सदरमुकाम तमघासबाट करिव ६ कि.मि. नजिक रहेको सिमिचौर गा.वि.स.मा हवाई मैदान निर्माण कार्य क्रमागत योजनाको रुपमा अगाडी बढीरहेको छ ।
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरु गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन्।
यि स्थानहरु धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रुपमा परिचित छन् भने सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो । यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातीको गिद्ध पाइएको छ । यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तरगत साहसिक पर्यटनको विकास गर्न सकिन्छ । बिभिन्न जात जातिहरुको समिश्रण रहेको यस जिल्लामा जनजातिहरुको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन । लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरुलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ ।
यसै गरि ग्रामिण पर्यटनको अवधारणालाई लागू गरि यस क्षेत्रमा रहेको गरिबि न्यूनिकरण गर्न यो जिल्लाले आफ्ना प्रयासहरु अगाडि बढाउन लागिरहेको छ । गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले यहाँ व्यवसायिक रुपमा व्यवसायिक खेतीको सम्भावना रहेको छ । नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विेदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला पनि हो र जापान तथा कोरियामा हालसम्म पनि निर्यात हुदै आईरहेको छ । जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीको लागि उपयुक्त जलवायु र स्थानहरु रहेका छन् ।
साथै जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरी पालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ । नेपालको दोस्रो ठूलो व्यापारिक केन्द्र वुटवलबाट ११५ कि.मि. मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरु निर्यात गर्न कुनै समस्या छैन । हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन र पशुपालन अन्तर्गत उत्पादीत दुध पोखरा निकासी हुदै आईरहेको छ ।

जिल्लाको नामाकरण

संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ । लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो । यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ । जसलाई गुल्मीकोट पनि भनिन्थ्यो । यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ ।

जिल्लाको भौगोलिक अवस्था

  • अक्षांश:- २७.५५" देखि २८.२७" सम्म उत्तरी अक्षांश
  • दशान्तर:- ८३.१०" देखि ८३.३५" सम्म पूर्वि देशान्तर
  • उचाई:- ४६५ मि. रिडि देखि २६९० मि. थाप्लेको लेक
  • पूर्व पश्चिम सरदर लम्बाई:- ४० कि. मि.
  • उत्तर दक्षिण सरदर चौडाई:- ३० कि. मि.
  • क्षत्तफल:- ११४९ वर्ग कि. मि. ११४९०० हेक्टर
  • सिमाना:- पूर्व स्याङ्जा पर्वत, पश्चिम प्यूठान, उत्तर वाग्लुङ, दक्षिण पाल्पा अर्घाखाँची
 धार्मिक/दर्शनिय स्थल

प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरु गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन ।
नदीनाला
  • कालीगण्डकी
  • बडिघाट
  • निस्ती
  • रिडी
  • छल्दीपनाहा
  • हुग्दिखोला
 गुल्मी जिल्लाबाट सन्चालित सञ्चार माध्यमहरु

  • रेडियो रेसुङ्गा- 106.2
  • रुरु एफ.एम- 94.4
  • रेडियो गुल्मी
  • रेडियो स्काइ-88.4
  • गुल्मीन्युज डट कम

 

12:23 AM | Posted in | Read More »

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु