|

अखिल (क्रान्तिकारी) द्धारा २११ सदस्यीय स्ववियु परिचालन समिति गठन

बुटवल,बैशाख २ - अखिल (क्रान्तिकारी) अवध–मधेश राज्य समितिको बैठक एनेकपा (माओवादी) अवध–मधेश राज्य संयोजक चन्द्रप्रकाश खनाल बलदेवको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । बैठकले अखिल (क्रान्तिकारी) अवध राज्य संयोजक कुलमान गिरीको संयोजकत्वमा २११ सदस्य रहेको अवध स्तरिय स्ववियु परिचालन समिति तथा १५ सदस्यीय सचिवालय गठन गरेको छ । त्यसैगरि कामलाई ब्यवस्थित बनाउन विभिन्न विभागहरू गठन गरेको छ । प्रकाश अधिकारीको संयोजकत्वमा २१ सदस्यीय प्रचार– प्रशार विभाग, कुन्दन बस्नेतको संयोजकत्वमा ९५ सदस्यीय विद्यार्थी स्वयमसेवक विभाग, युगराज पाण्डेको संयोजकत्वमा ४५ सदस्यीय ब्यवस्थापन विभाग गठन गरेको छ ।

बैठकमा एनेकपा (माओवादी) का केन्द्रीय सदस्यहरु रामप्रसाद बन्जाडे, भक्ति पाण्डे, माधव शर्मा लगायतले प्रशिक्षण मुलक मन्तब्य राख्नुभएको थियो । आगामी बैशाख १० गते अवध राज्य स्तरिय प्रशिक्षण गर्ने, स्ववियु केन्द्रीत जिल्ला स्तरिय अन्तरक्रिया गर्ने, प्रत्येक कलेजमा स्ववियु परिचालन समिति गठन गर्ने लगायतका निर्णय भएको केन्द्रीय सदस्य प्रकाश अधिकारीले जानकारी दिएका छन ।

Posted by Butwalonline on 7:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अखिल (क्रान्तिकारी) द्धारा २११ सदस्यीय स्ववियु परिचालन समिति गठन"

Leave a reply