राष्ट्रिय छन्द महोत्सव आदी दर्जन स्रष्टालाई सम्मान
विकाश पराजुली ,बुटवल, बैशाख २ । छन्द दिवसको अबसरमा छन्दबादी समाज नेपालको केन्द्रीय कार्यालय र शाखा कार्यालयको संयुक्त आयोजनामा छन्द कविता बाचन, गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कृष्ण प्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा छन्द अभियन्ता डा. राजप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पनन भएको हो । सो अवसरमा छन्दबादी समाज नेपालको केन्द्रीय कार्यालयले राष्ट्रिय छन्द उन्नयक साहित्य पुरस्कार २०७० बाट जीबलाल सापकोटालाई सम्मान गरेको छ । त्यस्तै छन्दबादी समाज शाखा कार्यालय कपिलबस्तुले राष्ट्रिय छन्द प्रतिभा पुरस्कार २०७०बाट नरेन्द्र परासर, राष्ट्रिय छन्द योगदान साहित्य पुरस्कार २०७० बाट बाशुदेव जमरकटेल त्यस्तै प्राची बाल साहित्य पुरस्कार स्थापना गरे वापत छन्द योगदान साहित्य पुरस्कार २०७० बाट हरिराज शर्मा, राष्ट्रिय छन्द प्रतिभा राहित्य पुरस्कार स्थापना गरेकोमा छन्द योगदान साहित्य पुरस्कार २०७० बाट शिव प्रसाद उपाध्याय र क्रृषिकेशव साहित्य पुरस्कार स्थापना गरेकाले क्रृषिकेशव भारद्वाजलाई सम्मा गरिएको थियो । कार्यक्रममा देशभर बाट छन्द कविहरुको उपस्थित रहेको थियो । दुई दिन सम्म सञ्चालन गरेको कार्यक्रमले समाजको आगमी आउदो असोजमा हुने केन्द्रीय महाधिवेशनका लागि तयाारी समितिको संयोजकत्वमा साहित्यकार क्रृषिकेशव र सल्लाकारमा डा.द्वय परिश्रमी र रामप्रसाद ज्ञवालीलाई जिम्मेबारी दिएको छ । कार्यक्रमको सञ्चालन प्राध्यापक ज्ञानराज अर्यालले गरेका थिए ।