|

दुर्घटना पछि हुने समस्यालाई सरलीकरण गर्न मोटरसाइकललाई पनि भलाई कोषमा आवद्ध बनाउने

लक्ष्मण पोखरेल,बुटवल, २ बैशाख । यातायात मजदुर तथा व्यवसायी भलाई कोषले मोटरसाइकललाई कोषमा आवद्ध बनाउन अभियान थाल्ने भएको छ । मोटरसाइकलका कारण हुने दुर्घटना पछि उत्पन्न हुने समस्यालाई सरलीकरण गर्नका लागि कोषले मोटरसाइकललाई पनि भलाई कोषमा आवद्ध बनाउने योजना बनाएको छ ।

केही समयदेखि मोटरसाइकल दर्ता सुरु गरिए पनि त्यति प्रभावकारी हुन सकेको छैन । कोषले ३९ औं स्थापना दिवसको अवसरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्षबाट बजेट नै बिनियोजन गरी योजना अगाडि बनाइने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै कोषका अध्यक्ष नारायण पैसाद भट्टराईले बिमा नियमावली अनुसार दुई पांग्रे सवारीले पनि दुर्घटनामा मृत्यू हुदा ठूला सवारीले जति क्षतिपूर्ति तिर्नु पर्ने भएकाले भलाई कोषले सहयोग गर्न खोजेको बताउनुभयो । उहाले अहिलेसम्म २ सय ६५ मोटरसाइकल कोषमा दर्ता भइसकेको बताउनुभयो ।

कोषमा अहिले करिव २ हजार ५ सय ठूला सवारी आबद्ध रहेका छन् । कोषमा संकलित रकम मध्येबाट दुर्घटना हुदा क्षति पूर्ति तथा औषधी उपचार, किरिया खर्च समेत सहयोग गर्दै आएको भलाई कोषले २२ जनालाई जीवन निर्बाह खर्च समेत दिदै आएको छ । दुर्घटनामा परी अंगभ· भएका २२ जनालाई बार्षिक १८ हजारका दरले रकम दिदै आएको छ । कोषमा दर्ताका लागि मोटरसाइकल धनीले बार्षिक १ हजार ८ सय रुपैया बुझाउनु पर्नेछ ।
कोषले ३९ औ स्थापना दिवसको अवसरमा बिभिन्न योजनाहरु समेत सार्वजनिक गरेको छ । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीसंग समन्वय गर्ने, भलाई कोष काटेका पूर्व सदस्यलाई फेरि कोष काट्न प्रेरित गर्ने, दुर्घटनाका घाइतेको उपचारको लागि छुट्टै अस्पताल बनाउन पहल गर्ने जस्ता योजना बनाएको छ । स्थापना दिवसको अवसरमा आज संघले रक्तदान कार्यक्रम आयोजना गरेको कोषका महासचिव दिनेश फुल्लेलले  जानकारी दिनुभयो । त्यस्तै बैशाख ४ गते कुष्टरोगीलाई खाद्यान्य बितरण गर्ने कार्यक्रम राखेको छ ।

कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउनका लागि बिभिन्न संघसंस्थाहरुसंग समन्वय गर्ने बताएको छ । कोषले दुर्घटनामा मृत्यु भएकाहरुलाई तत्काल २५ हजार किरीया खर्च र बिमा रकम प्राप्तीमा सहयोग गर्दै आएको छ ।

Posted by Butwalonline on 7:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटना पछि हुने समस्यालाई सरलीकरण गर्न मोटरसाइकललाई पनि भलाई कोषमा आवद्ध बनाउने"

Leave a reply