|

बन्दका कारण पश्चिम तराईका पाँच जिल्लाको जनजीवन प्रभावित

दाङ बैशाख ३ - थारु कल्याणकारिणी सभालगायतका थारु सम्बद्ध विभिन्न संघ संस्थाले गरेकेा बन्दका कारण आज पश्चिम तराईका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ ।

ललितपुरको एक घरमा कम्लहरी बसाइएकी दाङको देउखुरी लालमटीयाकी सृजना चौधरीको जलेर मृत्यू भएको घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कारबाही र क्षतिपुर्तिको माग गदै पाँच जिल्ला बन्द आव्हान गरेको हो ।

बन्दका कारण दाङमा गाडी चलेका छैनन भने स्कूल पनि खुल्न सकेनन । थारु समुदायसँग बिभिन्न सरोकार राख्ने १९ संघसंस्थाको संयुक्त आहृवानमा थारु बाहुल्यता रहेका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा दुई दिने बन्दको आहृवान गरिएका हो । सृजनाको हत्याको छानबिन समिति गठन, दोषिलाई कारर्बाही र क्षतिपुर्तिको माग गर्दै गरिएको बन्दको कारण लामो तथा छोटो दुरी कुनै सार्बजनिक सवारीका सधान सञ्चालनमा आएका छैनन । त्यस्तै शिक्षण संस्था,अन्य व्यवसाय समेत बन्द भएका छन् ।स्रोत : ओनलाईन  खबर

Posted by Butwalonline on 6:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्दका कारण पश्चिम तराईका पाँच जिल्लाको जनजीवन प्रभावित "

Leave a reply