युएईमा अन्र्तराष्ट्यि नारि दिवस भव्यताका साथ सम्पन्न
गिता मणि पाण्डे युएई डेस्क-आज मिती अप्रिल ८ का दिन वर दुवईको सिन्ध पन्जाव रेष्टुरेन्टमा गैर आवासिय नेपाली महिला सघ युएई द्धारा १०३ औं अन्र्तराष्ट्यि नारि दिवस कार्यक्रम सम्पन्न भएको छ अर्चना वस्नेत को सभापतित्वमा प्रमुख अतिथी लोक नाथ सुवेदि अतिथीहरुमा चन्द्र रोकाहा ,प्रकाश कौइराला ,हेमन्त पौडेल ,भुपति न्यौपाने ,लक्ष्मण न्यौपाने , सन्तोष प्रसाइ ,सिता भुर्तेल ,रमेश सुवेदि अन्य सघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन सुजना गिरिले गरेकी थिईन ।
वविता सिवाको स्वागत मन्तव्य वाट सुरु भएको उक्त कार्यक्रममा अतिथीहरुले शुभकामना दिदै शिक्षा र रोजगारि जस्ता क्षेत्रहरुमा पुरुष सरहनै वनाउनु पर्ने हेपिएर वस्नु परेका महिलाहरुलाई चेतना मुलक कार्यक्रम दिएर आफनो खुटटामा आफै उभिन सक्ने व्यवस्था मिलाउनु पर्नेमा सवै वक्ताहरुले जोड दिएका थिए । सरस्वति कौईरालाले गित मार्फत हामि पनि पुरुष सरह नै काम गर्न सक्ने क्षमता भएको तर पुरुषहरुले दवाएर राखेकाले गर्न नपाएको भन्दै अव महिलाहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिएकि थिईन । सिता भुर्तेलले शुभकामना दिदै विदेशमा आएर पनि महिला हक हितको लागि वोल्न र नारि दिवस मनाउन पाएकोमा आयोजक कमिटिलाई धन्यवाद दिदै क्याम क्याममा गएर महिलाहरुलाई भेटि सचेत वनाउनु पर्नेमा जोड दिएकि थिईन । प्रमुख अतिथी लोक सुवेदिले नारीहरुको उत्थानको लागि आफै वाट थालनि गर्नु पर्ने र मात्र समाजमा परिवर्तन गर्न सकिने भन्दै नारिहरु एक जुट भएर लागेमा मात्र सफल हुनेमा जोड दिएका थिए ।
अन्तमा सभापति द्धारा नारिहरुको वारेमा प्रष्ट पार्दै पहिले रुसवाट सुरु भएको र हाल आएर सवै थाउमा अन्र्तराष्ट्यि नारि दिवस मनाउन थालेको प्रष्ट पार्दै कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण अतिथीहरुलाई धन्यवाद दिदै सभाको विसर्जन गरिएको थियो ।