|

होटल र्‍याडिसनका मजदुर ज्यादति विरुद्धको आन्दोलनमा

जया कार्की/काठमाण्डौ चैत्र ५ गते। गणतन्त्र नेपालको अन्तरिम संविधानको भावना र उदेश्य विपरित गएर होटल र्‍याडिसनको व्यवस्थापनले झुठा लान्छना लगाउदै अचानक निलम्बन गरेको छ।

नेपालको सवैभन्दा ठूलो होटल मजदुर संघ अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघमा आवद्ध मजदुरहरु नरेश डंगोल, राजेश लामा र सन्तोष भट्टराईलाई श्रम कार्यालयको आदेश समेतलाई उलंघन गर्दै होटल ¥याडिसनको व्यवस्थापनले अचानक निलम्बन गर्ने धृष्टता गरेकोमा होटल क्षेत्रमा कार्यरत मजदुरहरु उक्त व्यवस्थापन विरुद्ध आक्रोशित भएका छन् ।

उनीहरुलाई तत्काल पुनरवहाली नगर्ने हो भने र एक पछि आर्को झुठा लान्छना लगाउदै जाने षडयन्त्र गरेको खण्डमा हाम्रो त गए जागिर न जाने हो साहु बि.के. श्रेष्ठले त धेरै चिज गुमाउनु पर्ने हुन्छ, हामी लड्न तयार छौ भनि मजदुरहरु हिजो चार गतेदेखि व्यापक छलफलमा जुट्न थालेका छन् । अन्तरिम सम्विधान, श्रम ऐन तथा ट्रेड युनियन ऐनले दिएको अधिकारलाई उपेक्षा गर्नु भनेको संसारलाई उथलपुथल पार्ने महान जनयुद्ध र १९ दिनको जनआनदेलनचारा प्राप्त गणतन्त्र नेपालको विद्यमान कानूनलाई चुनौति दिनु हो । त्यसता मजदुरमारा हिंसाक साहु तथा व्यवस्थापनको विरुद्धमा यस अघि पनि मजदुरहरु टाउकोमा कात्रो वांधेर लडेकै हौं अव पनि आफुले प्राप्त गरेको अधिकार कसैले प्रतिगामी कदम चाली खोस्न खोज्छ, आधारहीन आरोप लगाउंछ र हाम्रो युनियनका विरुद्धमा उसका मतियारहरु तथाकथित मजदुर विरोधी युनियनहरुको प्रयोग गरी कसैले अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघको रातो झण्डा मुनि गोलबन्द भएका मजदुर साथीहरुलाई अनावश्यकरुपमा निरुत्साहित पार्ने, जथाभाावी अश्लिल गाली वेइज्जती गर्ने तथा हाम्रो युनियनका विरुद्धमा ¥याडिसन होटल व्यवस्थापन लाग्छ भने त्यस्तो किसिमको जवाफ दिन तयार रहेको वताइएको छ ।

आफु संधै सान्तिपुर्ण समाधानको पक्षमा रहिरहेतापनि  कसैले पटक पटक निहु खोजिरहने र युनियनलाई ध्वस्त पार्न लाग्छ भने आफ्नो प्यारो संगठन र मजदुरसाथीहरुको रक्षाको लागि जस्तोसुकै आन्दोलनको सृष्टि गर्न तयार रहेको छ । प्रारम्भमा प्रतिष्ठानस्तरको र केन्दीय स्तरको वार्ता र छलफल गरी कुनै पनि समश्या समाधान गर्न युनियनले पहल गरिरहेतापनि बि.के. श्रेष्ठले निलम्वित तीनजना मजदुरहरुलाई तुरुन्त वहाली नगरी उल्टो अनेकौ तिकडमवाजी गर्ने र उद्योग वाणिज्य महासंघ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्पोरेट घरना लगायत सरकारलाई समेत अनावश्यक दवाव दिने कार्य जसरी गरिरहेको छ  र आफु चर्चाको पात्र वन्दै सहानुभूति वटुल्न थालेको छ ।

उस्ले त्यसो गर्छ भने आफुहरु पनि आफ्नो छाता संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय श्रम संघहरुलाई गुहारी मजदुरमाथि दमन गर्ने, मजदुरहरुलाई संगठित हुन नदिने र मजदुरहरुलाई हतोत्साहित पार्ने, होटल वन्दको धम्की दिने, युनियनको पदवाट जवरजस्ति राजिनामा गर्न लगाउने र उही निर्दोष सावित हुनखोज्ने प्रतिकृयावादी षडयन्त्रको भण्डाफोर गर्दै आन्दोलनमा होम्मिने र आन्दोलनवाटै छिनोफानो गर्ने निर्णयमा अखिल नेपाल होटल,क्यासिनो तथा रेष्टुरा मजदुर संघ पुगेको कुरा महासचिव कुमार पन्तले वताउनु भएको छ । उहांले अनुसन्धानका वाहानामा क्यासिनो माहाजोङ्गका मजदुर अरुण पन्तलाई प्रहरी लगाएर गिरफ्तार गराएकोमा पनि घोर निन्दा गर्दै तत्काल रिहा गर्न माग गर्नु भएको छ।


यसैवीच विभिन्न संघसंस्था, प्रतिष्ठानहरुमा कार्यरत मजदुर संगठनहरुले अखिल नेपालहोटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघले अन्यायमा परेका मजदुरका पक्षमा चालेको कदम प्रति सहर्ष ऐक्यवद्धता जनाएका छन् ।

Posted by Butwalonline on 9:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "होटल र्‍याडिसनका मजदुर ज्यादति विरुद्धको आन्दोलनमा"

Leave a reply