भिषण असिना पानीले पाल्पा र नवलपरासीमा बाली नष्ट
बुटवल,चैत ८ - आज दिउासो परेको असिना पानीले कालीगण्डकी वेसीका विभिन्न जिल्लामा प्रभाव परेको छ । दिउासो १ बजेतिर करिब आधा घण्टा जति परेको असिना पानीले पाल्पा र नवलपरासी क्षेत्रका विभिन्न गाविसका किसानले लगाएको बाली नष्ट भएको छ ।
पुर्वी पाल्पाको सहलकोट, बाकामलाङ्ग, झिरुवाास र नवलपरासीको उत्तरी पहाडी क्षेत्रका गाविसमा परेको असिनाले भर्खर उम्रिएको मकैसहित मौसमी तथा बेमौसमी तरकारी नष्ट गरेको स्थानिय कृर्षकले बताएका छन् । सहलकोट ६ को भाङबारी, ७ को जुरे, झिरुवासको मोहोरिया, झिरुदी, रल्लबाास, बाकामलाङ्ग गाबिसको दुईघरे, जुरेडाडाा, छपाक्दी र नवलपरासी जिल्लाको रिठे, चारडााडा र कुवााकोट क्षेत्रमा ठुलो असिना परेको स्थानीय ज्ञानबहादुर विकले जानकारी दिनुभयो ।