चिट चोर्ने प्रशिक्षार्थी र मौका दिने निरक्षक दुबै निस्काशित
प्रेम सुनार,चैत्र–४, गुल्मी । एसएलसी परिक्षाको आज तेश्रो दिन गुल्मीको पुर्कोटदह परिक्षा केन्द्रमा चिट चोर्ने एक जना प्रशिक्षार्थी र चोर्न मौका दिने निरक्षक निस्काशित भएका छन् ।
सो केन्द्रमा एक्जाम्टेडतर्फ गणीत विषयको परिक्षा दिई रहेकी प्रशिक्षार्थी रेखा पन्थी र निरक्षक रमेशचन्द्र कुावरलाई निस्काशन गरिएको पुर्कोटदह परिक्षा केन्द्रका केन्द्र अध्यक्ष कृष्ण मरासिनीले बताए । ‘अनुगमन टोलीले दुबैलाई निस्काशन गरेको हो’ उनले भने ‘टोली आएको बेला प्रशिक्षार्थी रेखा पन्थीले चिट चोरेको र निरक्षक बाहिर डुलेर चिट चोर्न मौका दिएको भन्दै दुबैलाई निस्कशन गरियो । ’।
स्थानियबासी समेत रहेका निरिक्षक रमेशचन्द्र कुावर जनक निमावि पुर्कोटदहका शिक्षक रहेको उनले बतए । यता जिल्ला शिक्षा कार्यालयका उप सचिव भोजबहादुर कुावरले निस्काशनको जानकारी केन्द्र अध्यक्षबाट आएको बताए । नेपाल शिक्षक संघका अध्यक्ष प्रेम भण्डारी, दिवाकर ज्ञवाली, नारायण पाण्डे ऋषिराम पाण्डे लगायतको अनुगमन टोलीले उनिहरुलाई पक्राउ गरी निश्काशन गरेको थियो । जिल्लाबाट यस पालीकाृे परिक्षामा यसरी निश्काशन भएको यो पहिलो हो ।