प्रेरणा पुर्नस्थापना केन्द्रद्धारा एक दिने तनाब व्यबस्थापन बिषयक कार्यक्रम सम्पन्न
हेमराज भट्ट,चैत्र ४ - प्रेरणा पुर्नस्थापना बाकेद्धारा सञ्चालित सुधारगृहमा रहेका युवाहरुलाई लक्षित गरी एक दिने तनाब व्यबस्थापन बिषयक अभिमुखिकरण आईतबार सम्पन्न गरिएको छ । प्रेरणा पुर्नस्थापना केन्द्रले र बासका सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
अभिमुखिकरणमा सुधारगृहमा रहेका २५ बढी युवाहरुको सहभागिता रहेको थियो । सो अभिमुखिकरणमा तनाब, तनाबका कारण, चरण, परिणामहरु, तनाब व्यबस्थापनका उपाय तथा पद्धतीहरु, तनाब व्यबस्थापनका लागी आवश्यक तत्वहरु, सकारात्मक सोच लयायतका बिषयमा सहजिकरण गरिएको थियो । बासका अध्यक्ष राजु लामिछाने र निर्देशक नमस्कार शाहले सहजिकरण गरेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पुर्नस्थापना केन्द्रका परामर्शकर्ता अभिराज क्षेत्रीले गरेका थिए ।