महासंघ अर्घाखाचीको अध्यक्षमा दमासे निर्विरोध निर्वाचित
अर्घाखाची चैत्र ४ - क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाचीको ऐतिहासिक प्रथम जिल्ला भेलाले विजय दमासेलाई पुःन अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेको छ । सन्धिखर्कमा २ दिन जारी महासंघको ऐतिहासिक प्रथम जिल्ला भेलाले आईतवार दमासेको अध्यक्षयतामा १५ सदस्यीय नया कार्य समितिको निर्विरोध रुपमा चयन गरेको हो ।राष्टिूय स्वाधिनताको पहेदारी,निरंकुशता प्रतिको खवरदारी,स्वतन्त्रता,निष्पक्षता र परदर्शीतामा हाम्रो चिनारी भन्ने मुल नारालाई आत्मसाथ गर्दै क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाचीको ऐतिहासिक भेलाबाट उपाध्यक्षमा गणेष बञ्जाडे,संचिवमा रमेश गौतम,सह–संचिवमा गोविन्द भुसाल, त्यस्तै कोषध्यक्षमा वावुराम थापा निर्वाचित हुनुभएको छ । शनिवार देखी सुरु ऐतिहासिक प्रथम जिल्ला भेलाको उद्घाटन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य शोभाखर पंथीले गर्नुभएको थियो ।
महासंघको अध्यक्षमा पुःन निर्वार्चित भएपछि छोटो प्रतिक्रिया दिर्दै अध्यक्ष दमासेले जिल्लाको पत्रकारिता अत्यान्तै धिनलाग्दो एवं दलालीतन्त्र तर्फ उन्मुख भएको भन्दै यसलाई सहि बाटो तर्फ डोयाउन आफु लागीपरिरहेको जिकिर गर्दै पुःन आफ्नो जितले काम गर्नमा थप हौसला पुयाएको बताउनुभयो ।